arrow

विद्यार्थी महाधिवेशनमा मिलेन नेताहरुको भागवण्डा

के हुँदैछ नेविसंघ महाधिवेशनको लागि अन्तरंग छलफल ?

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
deuba-poudel-sitoula-1.jpg.jpeg
काठमाडौं। प्रतिनिधिको विषयमा विवाद नमिलेपछि नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनको सोमबार गर्ने भनिएको बन्दसत्र स्थगित भयो। औपचारिक रूपमा बन्दशत्र सुरू हुन नसकेको आधा घण्टा पछि मुख्यसचिव शिव घिमिरेले विज्ञप्ती जारी गरी मंगलबारसम्मको लागि बन्दसत्रको सबै काम स्थगित भएको जनाएका हुन्। 
 
तर, यस्तो स्थगन जतिसुकै पल्ट होस् नेतृत्व तहमा बसेकाहरूले जिम्मोवारीपन नदेखाउने हो भने अबको केही दिन पछि रञ्जित कर्ण छानिएकै प्रक्रियाबाट नेतृत्व छानिने आशंका उब्जिन थालेको छ। 
 
नेविसंघको यो महाधिवेशनमा पार्टीले पूरा हस्तक्षेप गरेको छ। पार्टीमा देखिएको तीन गुट विद्यार्थीमा आइपुग्दा ४ गुटमा बढेको छ। जसले गर्दा पार्टीका ४ गुटका नेताको सीधा हस्तक्षेपका कारण महाधिवेशन प्रतिनिधिहरुमा अन्योल बढेको त छँदैछ। महाधिवेशन हुने कुरामा नै अन्योल बढ्न थालेको छ। 
 
यही प्रतिनिधि छनोटको विषयमा विवाद मिलाउनेको लागि आज विहान पनि पटकपटक पार्टीको निर्देशन समिति, समिति र अध्यक्ष लगायतले बैठक त बसिरहेका छन्। तर सबैले आ–आफ्नै तालमा डम्फू बजाउँदा अझै सहमति जुट्न सकेको छैन्। 
 
नेविसंघ स्रोतका अनुसार अहिले विभिन्न विकल्पहरूमाथि छलफल हुन थालेको छ। एउटा विकल्पको रूपमा ६४ जिल्लाका प्रतिनिधिहरूलाई जस्ताको त्यस्तै छाडेर ११ जिल्लामा जिल्ला नेतृत्व अहिले नचुन्नेगरी प्रतिनिधि मात्रै छनोट गर्ने भन्ने प्रस्तावमा पनि छलफल भयो। तर, यस विषयमा पनि नेविसंघ अध्यक्ष रञ्जित कर्णले वास्ता नगरी हिँडेपछि यो प्रस्ताव माथि पनि छलफल हुन नसकेको बताइएको छ। यो विषयमा समेत छलफल हुन नसकेपछि निर्देशन समितिलाई ६४ जिल्लाका प्रतिनिधिबाट मात्रै भनेपनि निर्वाचन गराउने दवाव दिइएको छ। ६४ जिल्लामा देखिएको विवाद नमिलाई महाधिवेशन गर्न लागिएको भन्दै ९ दिनदेखि दुई विद्यार्थी नेता आमरण अनशनमा छन्।  
 
तर, यो विषयमा सकेसम्म आज बेलुकीसम्म नै प्रतिनिधि विवाद समाधान गर्ने तयारी निर्देशन समितिले गरिरहेको छ। यसमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट सदस्यहरू गोविन्द भट्टराई र गुरू घिमिरे भने यसमा ५१ र ४९ प्रतिशतको भागवण्डाको मागमा अझै अडिग रहेको स्रोतले जनाएको छ। यसले गर्दा महाधिवेशन अझै केहीदिन लम्बिने सम्भावना रहेको छ। 
 
यद्यपि देउवा पक्षका नेताहरुले भने ६४ जिल्लाका महाधिवेशन प्रतिनिधीबाट महाधिवेशन गर्ने या त ७५ वटै जिल्लाको महाधिवेशन प्रतिनिधी टुङ्ग्याएर महाधिवेशन गर्ने भन्नेमा मौन छ। तर, देउवाले नेविसंघमा देखिएका ३ वटा मुख्य गुटहरुलाई समान रुपमा भागवण्डा लगाएर भएपनि नेविसंघको महाधिवेशन टुङ्ग्याउन दवाव दिएका छन्। 
 
नेविसंघमा महाधिवेशन प्रतिनिधीको विवाद नमिल्दा सोमबार बन्द सत्र हुने बेलासम्म पनि महाधिवेशन प्रतिनिधीको नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन समिति बनेको छैन्। प्रतिनिधीको कार्ड बनेको छैन्। विधिवत महाधिवेशन माग गर्नेहरु अहिले पनि आमरण अनशनमा छन्। 
 
नेविसंघमा देउवा, पौडेल र कृष्ण प्रसाद सिटौला निकट विद्यार्थीहरुबीच प्रतिष्पर्धा छ। पछिल्लो समय भने खुम बहादुर खड्का निकटहरु पनि संगठित रुपमा नेतृत्वमा दावी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ