arrow

भेरी बबई आयोजनाको प्रगति सन्तोषजनक

logo
प्रकाश अधिकारी,
प्रकाशित २०७८ फागुन १५ आइतबार
bheri-babai-irrigation.jpg

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ ।

 कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको छ । हाल बाँध (हेडवक्र्स) र विद्युत्गृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फका खरिद सम्झौता सम्पन्न भई डिजाइनको काम थालिएको बताए । “समग्रमा आयोजनाको प्रगति ५३ प्रतिशत भएको छ, दोस्रो चरणको सिभिल निर्माणका काम पनि झण्डै ४० प्रतिशत सम्पन्न भएको अवस्था छ”, उनले भने, “तोकिएको समयमै सम्पन्न गर्न दोस्रो र तेस्रो चरणका कार्य अघि बढाइएको छ ।” 

आयोजनाले दोस्रो चरणमा सिभिल संरचना जसअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम), सर्ज साफ्टत थाहा इड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्यलाई तेस्रो चरणमा काम अघि बढाएको हो । पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो । उनका अनुसार सिभिल निर्माणअन्तर्गत बबई हात्तीखोलमा विद्युत्गृह निर्माणको जग खन्ने काम भइरहेको छ । 

“सुरुमा मुआब्जा विवादले पनि आयोजनाको काममा केही ढिलाइ भयो”, सिनियर डिभिजनल इञ्जिनीयर सुवेदीले भने, “स्थानीयवासीले रोजगारी मागेपछि पनि विवादले केही दिन काम रोकिएको थियो।” अहिले योजनाका काम भइरहेको उनको भनाइ छ । आयोजनाको कुललागत रु ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म रु १४ अर्ब बढी रकम भइसकेको छ । सरकारले आयोजना काला गिचालू आवमारु तीन खर्ब ४ करोड ६ लाख बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ । आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । 

चिनियाँ कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले सुरुङ निर्माण गरेको थियो । दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ ।

सुर्खेतको भेरीगङ्ुगा नगरपालिका ५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गा नगरपालिका-११ हात्तीखोलामा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।

‘५१ हजार हेक्टर भन्न मिल्दैन’
भेरी-बबई आयोजनाले बबई सिँचाइ परियोजनाको सिञ्चित क्षेत्रलाई समेत आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । अहिले ३६ हजार हेक्टरमा परियोजनाले सिँचाइ सुविधा पुर्‍याएको भए पनि भेरी-बबईले उक्त क्षेत्रलाई आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको भनाइ छ। “आयोजनाको कमान्ड एरिया ३६ हजार र सो योजनाले समेट्न नसकेको थप १५ हजार हेक्टरमा वर्षभरि सिँचाइ पुर्‍याउन भेरी नदीको ४० क्युसेक पानीलाई सुरुङका माध्यमबाट बबई नदीमा पुर्‍याउने उद्देश्यले भेरी-बबई डाइभर्सन आयोजना सञ्चालित छ”, प्रतिवेदनमा भनिएको छ, “आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा बबई सिँचाइ आयोजनाको स्रोत र सिञ्चित क्षेत्रलाई यस आयोजनाको कार्यक्षेत्रमा गणना गरेकाले दोहोरो गणना गरी आयोजना सम्भाव्य देखिएकोमा थप विश्लेषण भएको छैन।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ