arrow

गोरखाबाट उडेको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको शंका

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
fishtail-air3.jpg.jpeg
 
काठमाडौं । गोरखाको सिर्दिवासबाट सुत्केरी बोकेर काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको शंका गरिएको छ । 
 
विहान ११ः ३० देखि ११ः४५ बजेको बीचमा सिर्दिवासबाट फर्किएको हेलिकोप्टर नुवाकोट सम्म सम्पर्कमा रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नायरायण प्रसाद भट्टले बताए । भट्टले भने, ‘हाल सम्म दुर्घटना भयो भन्ने खबर मात्रै आएको छ पुष्टी भएको छैन । 
 
हेलिकोप्टरमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ । फिस्टेल एयरको अल्फा किलो अल्फा ९-एन एकेए कलसाइन भएको विमान सम्पर्क्विहिन भएपछि हाल सम्म सम्पर्क नभएको फिस्टेल एयरले जनाएको छ । नुवाकोट प्रहरीले भने नुवाकोटको मदानपुर–९ बेतीनी जंगलमा दुर्घटना भएको खबरका आधारमा टोली पठाइएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ