arrow

पेनाल्टीमा २१ गोल भएको खेलमा चेल्सीलाई हराउँदै जित्यो लिभरपुलले काराबाओ कप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
liverpool-carabao-cup-2022.jpg

काठमाडौं । इङ्गलिश काराबाओ कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनलमा चेल्सीलाई हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलले पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले बाजी मार्यो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।

चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुकेसँगै लिभरपुलले बाजी मारेको हो । लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो ।

लिभरपुलले १० वर्षपछि काराबाओ जितेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ