arrow

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतनी जङ्गलमा दुर्घटना

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
fishtail-air3.jpg.jpeg
काठमाडौँ। गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ । 
 
सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 
 
सो हेलिकप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतनी जङ्गलमा दुर्घटना भएको हो । स्थानीयवासीले दुर्घटनास्थलमा धुवाँ आएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए । 
 
प्रजिअ पोखरेलसहित प्रहरी टोली दुर्घटनास्थलतर्फ गइसकेका छन् । दुर्घटनास्थल सदरमुकामबाट ३५ किमी दूरीमा पर्दछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ