काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच सोमबार भेटवार्ता भएको छ ।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा उनिहरुबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
भेटवार्तामा जापानका राजदूत ओगावाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याएको बताउँदै कार्यकाल सफल भएकोमा धन्यवाद दिएका छन् ।
करिब आधा घण्टा उनिहरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी गराए ।
आइतबार एमाले अध्यक्ष ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको थियो । रासस