arrow

कस्ता भाई ? : दाईलाई राँगा काट्ने कट्टीले छिनाले

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन २४ सोमबार
morang j.jpg.jpeg
विराटनगर । विराटनगर–५ स्थित जामुनगाछीमा दिउँसो घरायासी विवादका कारण भाईले धारिलो हतियार प्रहार गरी दाईको हत्या गरेका छन् ।
 
दाजुभाईबीच घरयासी विवाद भएपछि विरेन्द्र मुखियाले दाई ३२ वर्षीय सन्तोष मुखियाको राँगा काट्ने कट्ट्ी प्रहार गरी हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
 
मोरङका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार सामान्य विवादका कारण भाई विरेन्द्रले दाई सन्तोषको घाटीमा कट्टी प्रहारगरी हत्या गरेका थिए । दाईको हत्या गरेका विरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ