arrow

विपिसीको कार्यालय उपभोक्ताबाट घेराउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन २४ सोमबार
BPCbirod.jpg.jpeg
श्रीकृष्ण सिग्देल,स्याङ्जा । गएको असार १६ गते विद्युत महशुल निर्धारण आयोगले बुटवल पावर कम्पनीलाई महशुल बृद्धि गर्ने स्विकृति दिए सगै स्याङ्जावासी आन्दोलीत भएका छन् । उपभोक्ताहरु सगँ छलफल नै नगरी चर्को महशुल बृद्धि गरेको विरोधमा आन्दोलीत भएका हुन् ।
 
 बुटवल पावर कम्पनीले श्रावण १ गतेदेखि लागु हुने गरी महशुल बृद्धि गरेको सुचना सार्वजनिक भएपछि  उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा छन् । मुल्य बृद्धि घटाउको माग गर्दै पश्चिम स्याङ्जाका उपभोक्तहरुले विभिन्न खाले आन्दोलन गर्दै आएका छन् । वालिङ उद्योग वाणिज्य संघको अगुवाईमा बनेको विद्युत महशुल बृद्धि-फिर्ता संघर्ष समितिले सोमवार वालिङ्मा रहेको विपिसिको शाखा कार्यालय घेराउ गरी कोणसभा समेत गरेका छन् ।
 
उपभोक्ताहरुले निकालेको र्‍याली वालिङ बजार परिक्रर्मा गरी वालिङ्मा रहेको शाखा कार्यालयलाई घेराउ गरेका हुन् । र्‍यालीमा विभिन्न नारा सहितको प्लेकार्ड बोकेर महशुल बृद्धि तुरुन्त घटाउ, जलमाफिया स्याङ्जा छोड लगायतका नारा समेत लगाएका थिए । उपभोक्ताहरुले सहज रुपमा वुझ्न समेत नसक्ने तरिकाले गरिएको वृद्धीले सवै ग्राहकहरुलाई मर्कामा पारेको छ । 
 
विपिसिले महशुल शुल्क बृद्धि गरे सगै हरेक सामाग्रीहरुमा मुल्य समेत बृद्धि हुदा महङ्गी समेत बढ्न थालेको छ । वढेको महशुलवाट सवैभन्दा मारमा उद्योगी तथा धेरै क्षमताको विद्युत जडान गर्ने ग्राहक पर्ने देखिन्छ । लामो समय देखि विद्युत नवढेको भए पनि एकैपटक जनताको ढाडै सेक्ने गरी महशुल वढाउनु दुखद भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महशुल बृद्धि फिर्ता संघर्ष समितिका संयोजक शोभाकान्त पौडेल वताउछन् । 
 
शान्तिपूर्ण तवरले महशुल बृद्धि फिर्ता गर्न माग गर्दै आएको पौडेलको भनाई छ । यस कार्यमा आम उपभोक्ताहरु स्वतस्फुर्त आन्दोलनमा हुमिएका छन् संयोजक पौडेलले भने शान्तिपूर्ण आन्दोलन मार्फत पनि बृद्धि गरिएको महशुल फिर्ता नभएमा कडा आन्दोलन हुनसक्छ ।
 
आँधीखोला जलविद्युत केन्द्रले आफ्नो क्षमता वृद्धी गरी ९ दशकमलव ४ मेगावाट पुर्‍याएको बुटवल पावर कम्पनीले विद्युत प्रशारणमा उपभोक्ताहरुकै जमिन प्रयोग गरेको छ । प्रयोग गरेको जमिनको समेत अहिले सम्म विपिसिले मुअव्जा समेत दिएको छैन । १ रुपैया ७५ पैसा प्रति युनिटमा तिर्दै आएका पश्चिम स्याङ्जाका उपभोक्ताहरुले अव बढीमा ८ रुपैया ५० पैसा तिर्नुपर्ने हुन्छ । 
 
यो कार्यलाई कुनै पनि हातलमा लागु गर्न नदिने संघर्ष समितिका निर्देशक हुमबहादुर गुरुङ्को भनाई छ । जवरजस्ती जनतालाई ढाड सेक्ने गरी लागु गरिएको महशुल लाद्न नपाईने भन्दै बृद्धि गरेको महशुल तुरुन्त फिर्ता नगरे विपिसिले ठुलो मुल्य चुकाउनु पर्ने गुरुङ्को भनाई छ । थोरै रकम तिर्दै आएका सर्वसाधरणहरुले अव धेरै रकम तिर्न परेको भन्दै आन्दोलनमा सहभागि भएको आन्दोलनमा सहभागी तारामाया थापाले बताईन् । 
 
महशुल शुल्क बृद्धिको विरोधमा स्याङ्जाका राजनीतिकदलहरुले समेत सहमति जनाएका छन् । स्याङ्जाका नेपाली काँग्रेसका पुर्व कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदी, एमालेका शोभाकान्त पौडेल, माओवादी केन्द्रका नित्यान्द तिवारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैहे्र, राप्रपा नेपालका श्यामप्रसाद अर्याल, राप्रपाका रमेश ढुङ्गाना, नयाँ शक्तिका तारा भुषाल लगायतका नेताहरुले सरकारी निकायले स्याङ्जाबासी जनताको भावना विपरित विद्युत महशुल बृद्धि गरिएकोमा आक्रोस पोखे । 
 
तुरुन्त सरकारले दिएको मुल्य बृद्धिको स्विकृति फिर्ता लिन समेत राजनीतिकदलका नेताहरुले आग्रह गरेका छन् । वालिङ्, गल्याङ्, चापकोट लगायतका क्षेत्रमा आन्दोलन शुरु भएपछि बुटवल पार कम्पनीले मिटर रिडिङ समेत गरेको छैन । बुटवल पावर कम्पनीले आधिखोल जलविद्युत आयोजना मार्फत उत्पादित विद्युत स्याङ्जा र पाल्मा वितरण गर्दै आएको छ । 
 
स्याङ्जाका २९ गाविस र पाल्पाका ११ गाविसका ३२ हजार उपभोक्ताले विपिसिको सेवा उपभोग गरेका छन् । यता बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोलप्रसाद खरेलका अनुसार यस उपभोक्ताले गरेको मागलाई माथिल्लो निकायमा पठाएपनि कुनै ठोस कुरा नआएको बताएका छन् । महशुल सरकारी निकाय बाटै बढाइएको हुनाले कम्पनीका व्याक्तिहरु आएर पनि समस्या समाधान नहुने खरेलको भनाई छ । 
 
आन्दोलन चर्किरहने र विपिसिले मिटर रिडिङ गर्न नपाएमा भोलीका दिनमा ठुलो दुर्घट्न हुन सक्ने अनुमान गरिएको छ । जसबाट विपिसिले ठुलो आर्थिक व्यहोनुपर्ने अवस्था आउने हुदा सरकोकार निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ