arrow

अमेरिकी राजदूतसंग बालुवाटारमा यसरी गफिए दाहाल

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
dahal-ameriki-rajdut-new.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदुत अलेना बी. टेप्लिट्सबीच भेटवार्ता भएको छ ।
 
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहाल र टेप्लिट्स द्विपक्षीय सम्बन्धबारे निकै गफिए  । 
 
भेट वार्ताका क्रममा राजदुत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको सफलताका लागि शुभकाम दिइन् । उनले काबुलमा भएको नेपालीहरुको हत्याप्रति दुःख प्रकट गरिन् ।
 
यस्तै, रादूत  टेप्लिट्सले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे दाहालसंगै लामो कुराकानी गरेको दाहालको प्रेस सेन्टर प्रतिनिधि मनोहरि तिम्सिनाले जानकारी दिए । 
 
प्रधानमन्त्री दाहालले सहयोगका लागि राजदूत, अमेरिकी सरकार एवं जनतालाई धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ