arrow

सडकमा चलेको हल्लाको भरमा कसैलाई महाअभियोग लगाउन सकिँदैन : खड्का

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
leaders-ko-news.jpg.jpeg
काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले सडकमा कसैले संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउने कुरा गर्छ भने त्यो आफ्नो पार्टीलाई कुनै हालतमा स्विकार्य नहुने बताएका छन् । खड्काले भने,‘यस्तो फाल्तु विषय उठाएर सडकमा चिच्याउँदैमा त्यसको पछि काँग्रेस लाग्दैन, यस्ता कुराले मुलुकलाई अराजकतर्फ लैजान्छ् ।’
 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर सडकमा केही मान्छे उत्रिएपनि त्यसले कुनै फरक नपार्ने स्पष्ट पारे । उनले भने,‘आज अख्तियार प्रमुखलाई भन्नेहरुले भोलि सडकमा उफ्रिएर राष्ट्रपतिलाई वा प्रधानन्याधिशलाई हटाउने कुरा गर्ला, त्यसको पछि काँग्रेस लाग्दैन् ।’
 
साक्षात्कारमा नेता खड्काले संवैधानिक निकायमाथि यस्तो हल्का टिप्पणी र बजारीया हल्ला गर्नुको कुनै औचित्य नै नरहेको दाबी गरे ।नेकपा एमालेका सचिव भीम आचार्यले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव बेअर्थको प्रस्ताव भएको टिप्पणी गर्दै भने,‘यो प्रस्ताव कसैले आफूलाई चर्चित बनाउने उद्देश्यले अघि सारेको हो, यसको कुनै तुक नै छैन ।’ आचार्यले महाअभियोग लगाउने भनेर बजारीया हल्ला पिट्दा यसले अवस्था झनै गिजोल्ने दाबी गरे । 
 
उनले थपे,‘यसरी दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोलेपछि यसको औचित्य नै समाप्त हुन्छ, यसको बारेमा छलफल गर्नुको कुनै अर्थ छैन्, कसैलाई बोल्न मन लागे बोले हुन्छ ।’सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा दिनानाथ शर्माले बजारमा आउने हल्लाको पछि आफ्नो पार्टी नलाग्ने बताउँदै भने,‘यो बमौसमको बाजा हो, यसबारेमा हाम्रो पार्टीभित्र केही पनि छलफल भएको छैन् ।’ उनले महाअभियोग लगाउनेबारेमा अहिलेसम्म पार्टील सोच्दा पनि नसोचेको स्प्ष्ट पारे । 
 
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सस्तो लोकप्रियता हाँसिल गर्नको लागि महाअभियोगको हल्ला चलाईएको आरोप लगाए । उनले अघि थपे,‘अराजक ढंगले चोर बाटोबाट आएको प्रस्ताव गलत छ, राप्रपा नेपाल यसको पक्षमा छैन ।’ गिरीले अख्तियारको कामकारवाहीबाट भ्रष्टाचारीहरुको मुटु थर्किएको बताउँदै भने,‘भ्रष्टाचारीको मुटु थर्किएपनि जनता अख्तियारको कामबाट खुशी छन्, यो भन्दा अझै कठोर रुपमा अख्तियार प्रस्तुत हुनुपर्छ ।’ 
 
उनले आफू सदस्य रहेको संसदको सुशासन समितिमा अख्तियार प्रमुख आयुक्तसँगको छलफलमा साना माछामात्रै नभएर ठूलो माछा समात्न सुझाव दिएको स्मरण गर्दै भने,‘अब अख्तियारले ठूला माछा समात्न सक्नुपर्छ, यहाँ धेरै ह्वेल माछाहरु छन् ।’
 
त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले निहित स्वार्थ बोकेका व्यत्तिहरुले संवैधानिक निकायका प्रमुखहरुमाथि महाअभियोग लगाउनेबारेमा हल्ला फिँजाएको टिप्प्णी गरे । 
यादवले भने,‘यो विधि र विधानबाहिरबाट हल्का फुल्का ढंगले चोर बाटोबाट ल्याईएको प्रस्ताव हो, यसमा छलफल नै हुँदैन्, यदि भैहाल्यो भने पनि त्यसको कुनै अर्थ छैन् ।’ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ