arrow

दूरसंचार प्राधिकरणका कर्मचारीहरु आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
274877010_4783484988418075_3281016549581268545_n.jpg

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलित भएका छन् । गत पुस २ गते व्यवस्थापन समक्ष विभिन्न माग राखे पनि हालसम्म कुनै सुनुवाइ नभएपछि फेरि आन्दोलित हुनु परेको प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विजयकुमार राय यादवले जानकारी दिए । 

माग सम्वोधनका विषयमा फागुन ५ गते पुनः व्यवस्थापनलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले फागुन १२ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रनु परेको उनले जानकारी गराए । 

प्राधिकरणको सुदृढीकरण हुनुपर्ने, तत्काल जग्गा खरिद गरी आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाउनु पर्ने, कटौती गरिएका कर्मचारीको सेवा सुविधा निरन्तर हुनुपर्ने लगायतका माग राखिएको उनले बताए । 

कर्मचारीहरुको निरन्तरको आन्दोलनले कार्यालयको कामकारबाही प्रभावित भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ