arrow

मोटरसाइकलको ठक्करले एकको मृत्यु

logo
राजन परियार,
प्रकाशित २०७३ साउन २४ सोमबार
सिन्धुली। विपी राजमार्ग स्थित झागाँझोली रातमाटा–१ मा मोटरसाइलकले ठक्कर दिदा सोहि गाविस वडा नं.३ निवासी रमौली माझीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौबाट धरान तर्फ हिडिहरेको बा ६८ प ४३२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते भएकी माझीको उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु मगरले जानकारी दिए । 
 
ठक्कर दिने मोटरसाइकल चालक झापा गौरीडाडाका सनम कार्की सामान्य घाइते भएको र उनी प्रहरी नियन्त्रणमा रहेको र घाइते कार्कीको खुर्कोट स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ