arrow

लिभरपुलले सिटीसँगको अंक दूरी घटायो, यस्तो छ समग्र अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
FNG4vWpXIA0ld2f.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको लिभरपुलले  शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाएको छ । 

कुनै समय उपाधि यात्रामा एक्लै अगाडि बढेको सिटीले पछिल्लो समय त्यो गतिलाई निरन्तरता दिन नसक्दा भने त्यसको फाइदा लिभरपुललले लिएको छ । 

शनिबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेड विरूद्ध जित निकाल्दै लिभरपुलले अंक दूरी ३ मा झारेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा सादियो मानेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे । 

सिटीले आज राति १०ः१५ बजे म्यानचेस्टर युनाइटेडसंग घरेलु मैदानमा खेल्नेछ । यो खेलमा सिटी पराजित भएमा लिभरपुलको पनि उपाधि दावेदारी अझै खुला हुनेछ । 

यता तेस्रो स्थानको चेल्सीले शनिबार राति सहज जित निकालेको छ । चेल्सीले बर्नलीलाई ४–० ले हराएको हो । चेल्सीको एकतर्फी जितमा काइ हाभर्ट्जले दुई गोल गरे ।
रिस जेम्स र क्रिस्चियन पुलिसिचले १–१ गोल गरे । खेलको ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाए । 

५२ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । हाभर्ट्जले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ३–० को अग्रता बनायो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

अन्य खेलको नतिजा–
लेस्टर सिटी १–० लिड्स युनाइटेड
एस्टन भिल्ला ४–० साउथह्याम्पटन
न्यूकासल युनाइटेड २–१ ब्राइटन
नर्विच सिटी १–३ ब्रेन्टफोर्ड
वुल्भरह्याम्पटन वान्डेरर्स ०–२ क्रिस्टल प्यालेस

अंक तालिका

२७ खेलबाट म्यानचेस्टर सिटी ६६ अंकसहित पहिलो, समान खेलबाट ६३ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । 

२६ खेलबाट ५३ अंकको चेल्सी तेस्रो तथा ४७ अंकको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ । 

४५ अंकको वेष्ट ह्यामले २८ खेल खेलेको छ । २४ खेलबाट ४५ अंकको आर्सनल छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ