arrow

१० स्थानीय तहमध्ये पुर्चौडी पहिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
Purchaudi_Nagarpalika.png

बैतडी । कार्यसम्पादन मूल्याङ्कनमा  पुर्चौडी नगरपालिका पहिलो नम्बर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका  १०  स्थानीय तहमध्ये पुर्चौडी पहिलो नम्बरमा देखिएको हो ।  
    
 प्रतिवेदनमा पुर्चौंडीले सबैभन्दा बढी ७२÷२६ प्रतिशत अङ्क पाएको छ । दोगडाकेदार  ६६-७८, शिवनाथ गाउँपालिकाले ६६÷६९, पाटन ६४÷७१, दशरथचन्द ५८-४७ र मेलौली नगरपालिकाले ५८-३६ अङ्क पाएको छ । 

यसैगरी पञ्चेश्वर ५७-५९, डिलाशैनी  ५५-९३ र सिगास गाउँपालिकाले ५५-७१ अङ्क पाएको छ । जिल्लामा सबैभन्दा कम सुर्नया गाउँपालिकाले ४८-८९ अङ्क पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९-८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।

सो मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ