arrow

‘एक गेडा पनि खाद्य बस्तु आयात गर्नु पर्दैन’

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
grain.jpg.jpeg
काठमाडौं । नेपालमा अघिल्लो वर्ष समयमा नै पानी नपर्दा धान उत्पादनमा उल्लेख्य गिरावट आयो । आर्थिक वर्ष २०७०÷७१ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा यो संख्या घटेर ४२ लाख ९९ हजार मेट्रिक टनमा सीमित भयो । 
 
यसरी झण्डै ५ लाख मेट्रिक टन धान उत्पादन कम हुँदा पनि सरकारले भने जम्मा ७ लाख मेट्रिक टन धान छिमेकी मुलुक भारतबाट आयात गरेको कृषि विकास मन्त्रालयको तथ्याङकले देखाएको छ । 
 
तर, धान मात्रै सात लाख मेट्रिक टन आयात गरिरहेको सरकार भने व्यवस्थापन गर्न सकेको खण्डमा नेपालमा खाद्य सामग्री अन्तर्गत् धानको आयात गर्नु पर्ने स्थिती नरहेको बताउँछ । उपयोगमा व्यवस्थापन गर्न सक्ने हो भने एक वर्षको लागि नेपालमा उत्पादित खाद्यसामग्रीले नै नेपालको माग पूरा गर्ने दाबी कृषि विकास मन्त्रालयको रहेको छ । 
 
यो वर्ष मौसमले साथ दिएको कारणले धान रोपाईमा पनि उत्साहजनक प्रगति हाँसिल भएको मन्त्रालयले आकलन गरेको छ । अघिल्लो साल ९० प्रतिशत धान रोपाई भएकोमा यो वर्ष साउनको दोस्रो साता नै अघिल्लो वर्षको जत्ति धान रोपाईको काम सकिइसकेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
 
यसरी नेपालमा आवश्यकता र उत्पादनको अनुपात हेर्ने हो भने धान, गहुँ र मकैको उत्पादनले नेपालको कूल आवश्यकतालाई पूर्ति गर्न सक्ने मन्त्रालयका वरिष्ठ कृषि विज्ञ शंकर सापकोटाले जानकारी दिए । 
 
नेपालीहरूले दुई छाकमध्ये एक छाक मकै या त कोदोको खाना र अर्काे छाक चामल खाने हो भने नेपालीलाई आवश्यक पर्ने खाद्य सामग्री आयात गरिरहनु नपर्ने पनि उनको दावी छ । 
 
त्यस्तै कतिपय प्रजातिका चामलहरू निर्यात पनि हुने गरेको छ । ‘हामी मोटो चामल निकासी गरेर मसिनो चामल आयात गर्छाै’ उनले भने ‘हामीले पनि आफैंले उत्पादन गरेका खाद्य सामग्रीमा चित्त बुझाउनु प¥यो ।’ आफूले फलाएको मकैं र कोदो पशुलाई दिएर धान आयात गर्ने चलनले गर्दा समस्या सिर्जना भएको पनि उनको बुझाई छ । 
गत वर्ष आवश्यकभन्दा गहुँमा १२ प्रतिशत घटेको थियो । त्यस्तै मकैको उत्पादन ४ प्रतिशत बढेको थियो । यस पटक पनि बीचमा मौसमले धोका नदिए यो वर्ष ५२ लाख मेट्रिक टनसम्म धान उत्पादन हुने आकलन पनि मन्त्रालयले गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । यसो हुँदा त्यति धेरै धान आयात गर्नु नपर्ने पनि सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ