arrow

पार्टी एकता राप्रपा नेपालको कोर्टमा छ –धु्रबबहादुर प्रधान

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
rpp.jpg.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच मंगलबार हुने भनिएको एकता हुने सम्भावना अझै जिवितै रहेको छ । राप्रपाका केन्द्रीय सदस्य धु्रबबहादुर प्रधानले ‘पार्टी एकताको विषय भाँडिएको छैन तर बल भने राप्रपा नेपालको कोर्टमा रहेको’ बताएका छन् । उनले भने ‘हामीले विधान तयार गरेर दिएका छौं, अब पार्टी एकीकरण गर्ने नगर्ने राप्रपा नेपालको निर्णयमा भर पर्छ ।’ उनले हाम्राकुरालाई भने ‘हामी पार्टी एकीकरण गर्ने भनेरै विधान संसोधनमा लागेका हौं ।’
 
सरकारमा सहभागिताको विषयलाई लिएर दुवै दलबीच विवाद भएरै भाँडिएको हो त एकीकरणको प्रक्रिया ? भन्ने प्रश्नमा प्रधानले ‘एउटा तत्व यो हुन सक्छ तर यही नै मूख्य तत्व होइन ।’
 
 राप्रपाले नयाँ सरकारलाई समर्थन दिइसकेको अवस्थामा सरकारमा नजाने भन्ने कुरै होइन । त्यस्तै राप्रपा नेपालले सरकारलाई समर्थन नगर्ने निर्णय गरिसकेको थियो ।
 
यो अवस्थामा किन फेरि पार्टी एकताको कुरा आयो त ? किनकि न त राप्रपा सरकारलाई सघाउने मुख्य पार्टी थियो न त राप्रपा नेपाल नै प्रमुख प्रतिपक्षी थियो । 
 
राप्रपा नेपाल भने राप्रपासंग एकीकरण गर्न नखोजेको हो कि जस्तो देखिएको छ । 
 
गाँठी कुरा के हो त ? 
गाँठी कुरा हो राप्रपाको पहिचान । राप्रपा बिना पहिचाननै मिल्न जाँदै थियो । नाम पनि आफ्नो नहुने । झण्डा पनि आफ्नो नहुने र चुनाव चिन्ह पनि आफ्नो नहुने । यी कुनै कुरा नहुँदा पनि राप्रपा मिल्नका लागि तयार थियो । संस्थापन भएर पनि मिल्न खोज्नुमा एउटै स्थार्थ भनेको पूर्व पञ्च भनेर चिनिएकाहरु एक हुनु । 
 
तर राप्रपा नेपालको नियत भने स्पष्ट भएको छ । राप्रपा नेपालले नमिल्नकै लागि सरकारमा नजाने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी ओलीले पनि राप्रपा नेपाललाई राम्रैसंग काखी च्यापेकै हुन् । 
 
राप्रपा नेता प्रधानले भने २३ गते आइतबार वर्तमान अध्यक्ष पशुपति शमशेर राणाले विधान पारित गर्न भनेको र त्यसका लागि समय छैन भने पनि २४ गते डेढ घण्टाभित्र त्यसलाई केन्द्रीय कार्यसमितिले पारित गरेको बताए । 
 
प्रधानले झण्डा एकतापछि परिवर्तन गर्ने र चुनाव चिन्ह भने महाधिवेशनमा परिवर्तन गर्ने गरी विधान तयार भएको बताएका छन् । उनले विधान पास गरेर दिएकाले मिलन हुने सम्भावना जिवितै रहेको बताएका हुन् । 
 
सरकारमा दुई मन्त्री पठाएको बारेमा भने प्रधानले प्रचण्ड सरकारलाई समर्थन गरिसकेको अवस्थामा सरकारमा सहभागी हुनु सामान्य भएको बताए । आइतबारसम्मको डेडलाइन भए पनि एक दिन थपेर सोमबारसम्म नाम दिने कुरो थियो ।
 
बेइमान गर्न हुँदैन भनेर सरकारमा पठाइएको उनले बताए । यसले पार्टी एकीकरणलाई फरक नपार्ने पनि उनले बताए । 
 
राप्रपा नेपालको छाती चौडा होला त ? 
राप्रपाले आफ्नो पहिचान नै गुम्ने गरी सम्झौता गर्न तयार भए पनि राप्रपा नेपालले भने त्यसलाई सहर्ष स्वीकार गर्ने स्थिति देखिँदैन । राप्रपा नेपालका २५ सांसद छन् । राप्रपाका १२ सांसद छन् । 
 
राप्रपा नेपालले सरकारमा जानुलाई नै मुख्य मुद्धा बनाएको छ । तर यसअघि भने तिमीहरु सरकारमा गए एकता हुँदैन भनेर ठाडो सर्त राखेको थिएन । यसरी हेर्दा राप्रपा नेपालले अर्को कुनै बहाना गरिराखेको स्पष्ट हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ