रियो। जारी रियो ओलम्पिकमा आयोजक ब्राजिलले पहिलो स्वर्ण जितेको छ। महिला जुडोको ५७ केजी तौल समुहमा राफायल सिन्भाले ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन्। सिल्भाले मंगोलियाका सुमिया डोर्जसुरेनलाई पाखाँ लगाउँदै स्वर्ण पदक हात पारेकी हुन्।
२४ वर्षिय सिल्भाले स्वर्ण पदक जितेपछि परिवार सदस्यहरूसँग अंकमाल गर्दै खुशी व्याक्त गरेकी थिइन्। सिल्भाको यो स्वर्ण उनको लागि मात्र नभएर जारी ओलम्पिकमा आयोजक ब्राजिलकै लागि पहिलो स्वर्ण पदक हो।
“मेरो पछिल्लो हारमा मलाई मानिसहरूले आलोचना गरे। निकै लज्जास्पद ढाँचामा जुडो मेरो लागि होइन भन्ने बुझेँ तर अहिले म ओलम्पिक च्याम्पियन हुँ,” सिल्भाले भने।
गत २०१२ को लन्डन ओलम्पिकमा ब्राजिलले ३ स्वर्ण पदक हात पारेको थियो। आयोजक राष्ट्र भएकाले पनि यसपटक भने ब्राजिलबाट राम्रो प्रर्दशनको आशा राखिएको छ।