arrow

नेविसंघ महामन्त्रीमा मोफसल चर्चा

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
Himal-news--NSU.jpg.jpeg
काठमाडौं । सानै उमेरदेखि लगातार नेपाल विद्यार्थी संघमा क्रियाशिल महामन्त्रीका उम्मेदवार हिमालदत्त श्रेष्ठ यस पटकको महाधिवेशनमा मोफसलका प्रतिनिधिको मत पाउनेमा विश्वस्थ छन् । 
 
काठमाडौं भन्दा बाहिर रहेकाले पनि संघको केन्द्रीय नेतृत्वमा रहेर काम गर्न पाउनु पर्दछ भन्ने मान्यताका साथ महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकाले उनी मोफसलका प्रतिनिधिहरुको रोजाईमा परेका हुन् । “काठमाडौं बाहिरका प्रतिनिधिहरुको भावनालाई बोकेकाले हिमालदाईलाई हामीले हाम्रो उम्मेदवारको रुपमा पाएका छौं,” कैलालीका एक प्रतिनिधिले भने । उनी काठमाडौका प्रतिनिधिहरुका विचमा पनि उत्तिकै घुलमिल भएका उम्मेदवारको चर्चामा छन् । 
 
शैक्षिक मुद्धाहरुमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न र नेविसंघका विभिन्न कार्यक्रम लिएर पटक पटक देशव्यापी अभियान चलाएका श्रेष्ठ देशभरी निष्ठावान र लगनशील संगठनकर्ताका रुपमा परिचित छन् । उनी पछिल्लो ऐतिहासिक जनान्दोलनका घाइते समेत हुन् । 
 
२०५३ मा सेन मा बि तान्सेन पाल्पाबाट नेविसंघको नेतृत्व गर्न थालेका श्रेष्ठ २०५५ मा त्रिभुवन बहुमुखी क्याम्पस तान्सेन पाल्पाको स्ववियु सदस्य भए भने २०५७ उपसभापति भए । 
 
एकपछि अर्को जिम्मेवारीमा अभ्यस्त हुदै जानेक्रममा श्रेष्ठले २०५८ मा ने बि संघ, त्रिभुवन बहुमुखी क्याम्पस तान्सेन पाल्पाको अध्यक्ष र २०६० मा त्यही क्याम्पसको स्ववियु सभापति भए । एक्लै सभापति जितेका श्रेष्ठले आफुले हस्तान्तरण गर्ने बेलामा नेविसंघका सवै उम्मेदवारहरुलाई जिताएका थिए । 
 
२०६१ मा ने बि संघ, पाल्पाको जिल्ला सभापति, २०६२ मा संघको केन्द्रीय सदस्य र २०६४ मा संघको निर्वाचित केन्द्रिय सदस्य भई कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेकाले अव महामन्त्रीमा आफु स्वभाविक दावेर रहेको श्रेष्ठको भनाई छ । 
 
काँग्रेसको १३औं महाधिवेशनमा सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र महामन्त्रीका प्रत्यासी डा. शशांक कोईरालाको तर्फबाट मतगणनामा प्रतिनिधि बसेका बेला पौडेल पराजित हुन थालेपछि धेरैले छोडेर हिड्दा पनि उनी एक्लै प्रतिनिधित्व गरेकाले श्रेष्ठ उनीहरुको विश्वासपात्र मानिन्छन् । पौडेल र कोईराला पक्षका नेताहरुका विचमा हिमाललाई महामन्त्रीका लागि अगाडी बढाउनै पर्नेगरी छलफल भईरहेको एक नेताले जानकारी दिए । 
 
संगठनलाई अझ मजबुद बनाउन सह–महामन्त्री लड्छु  : रोकाया
 
नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा विद्यार्थी नेता उत्तम रोकायाले सात नम्बर प्रदेश (पीछडिएको क्षेत्र)बाट सह–महामन्त्रीमा चुनाव लड्ने तयारी संगै संगठन सुदृढीकरण र शैक्षिक सवाल पहिलो एजेण्डा बनाउने बताएका छन्  । नेविसघंको १० वर्षे जिल्ला अध्यक्ष रहदा संगठन लाई मजवुद बनाएका रोकायाले पछिल्लो समयमा आफनो राजनैतिक भेटघाट तीब्र पार्दै सह –महामन्त्रीका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।
 
२०४९ साल देखि खप्तड मावि बझाङबाट नेविसघंको इकाई अध्यक्ष हुँदै विद्यार्थी राजनीति यात्रा थालेका रोकाया पछिल्लो समयमा कैलाली बहुमुखी क्याम्पसबाट विद्यार्थी संगठनमा सक्रिय रहे । 
 
शान्त, मिजासिला र मिलनसार रोकाया बझाङको शैक्षिक सुधारका वाहकका रुपमा चिनिने लोकप्रिय विद्यार्थी नेताका रुपमा चिनिन्छन् ।   नेविसंघको १० औ जिल्ला अधिवेशनबाट बझाङ नेविसघंको जिल्ला अध्यक्ष बनेका रोकाया बझाङका लोकप्रिय यूवा नेताका रुपमा समेत चिनिन्छन् ।
 
शिक्षा लाई व्यावहारिक र युग सुहाउँदो बनाउदै समय सापेक्ष परिवर्तन गर्न र शिक्षामा भएका विकृति र विसंगति हटाउन आफ्नो उम्मेद्वारी घोषणा गरेका रोकाया शिक्षा लगायतका देशका ऐतिहासिक परिवर्तन का लागि पटक–पटक गिरफ्तारी तथा घाइते समेत भएका बताउँछन् । रोकाया रामचन्द्र पौडेल नजिक मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ