arrow

कञ्चनपुरमा पुल निर्माण गर्न दिएन भारतीय एसएसबीले

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
SSB.jpg.jpeg
कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । 
 
एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ । 
 
नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोक लगाएको हो । कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताए । 
 
उनका अनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए । एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा चाँदनीको टोली सुन्दरनगर पुगेको थियो । सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमा मात्रै पुल बनाउन पर्ने अडान दोहोर्‍याएको थियो । 
 
भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्र नजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ