arrow

'बाहुबली' का ५ रेकर्ड जसलाई 'कबाली' ले तोड्यो

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
kabaissssssssss.jpg.jpeg
एजेन्सी । बलिउड चलचित्र 'बाहुबली २' को रिलीज डेट सन् २०१७ अप्रिलमा २८  तय भएको छ । चलचित्रलाई लिएर अडकलबाजी अहिलेबाट सुरु भएको छ । चलचित्रका निर्माता मार्केटिंग रणनीतिको लागि रजनीकान्तको चलचित्र 'कबाली' जस्तै गर्दैछन् । जसले गर्दा चलचित्रलाई काबाली सरह पुर्‍याउन सकियोस् ।  हेरौ कबालीले तोडेका बाहुबलीका ५ रेकर्ड।
 
१. 'कबाली' पहिलो भारतीय चलचित्र हो जसले अमेरिकामा सबैभन्दा ज्यादा १० लाख अमेरिकि डलर कमाएको छ । रजनीकान्तले आफ्ना फ्यानसँगै अमेरिकामा चलचित्रको प्रीमियर हेरेका थिए ।
 
२. अमेरिका, नर्वे, यूएई, मलेशिया र अष्ट्रेलियामा बक्स अफिसमा  'कबाली' नम्बर १ तमिल फिल्म साबित भयो ।
 
३. 'कबाली' सबैभन्दा छोटो समयमा १०० करोड कमाउने दक्षिण भारतीय चलचित्र हो ।
 
४. 'कबाली' सबै भन्दा छिटो २०० करोड रुपैया कमाउने दक्षिण भारतीय चलचित्र हो , चलचित्रले ५ दिनमा नै सो रकम कमाएको छ ।
 
५. अन्तराष्ट्रिय बजारमा 'कबाली' सबैभन्दा ज्यादा पैसा  कमाउने बलिउड चलचित्र बन्यो । चलचित्रले अन्तराष्ट्रिय बजारबाट २५९ करोड रुपैयाँ कमाउन सफल रह्यो । 'कबाली' भन्दा पहिले अन्तराष्ट्रिय बजारमा सबैभन्दा ज्यादा पैसा  कमाउने रेकर्ड बाहुबलीको नाममा थियो  चलचित्रले ७५ करोड कमाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ