arrow

पृतना हेडक्वार्टरबाट हराएका हतियार खोज्न अनुसन्धान टोली गठन

जिल्लाको सुरक्षा व्यवस्था खल्बलिएकोमा स्थानीय चिन्तित

logo
प्रकाश बम,
प्रकाशित २०७३ साउन २५ मंगलबार
nepali-sena-news-pic.jpg.jpeg
डोटी । हराएको हतियार खोज्न अनुसन्धान टोली गठन भएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलबाट हराएका हतियार र खरखजना खोज्न अनुसन्धान टोली गठन भएको हो । 
 
अत्तरीयामा रहेको सेनाको पाँच नम्बर वाहिनीका वाहिनीपति राम शरण कार्की र पृतनाका महासेनानी यम सापकोटालाई अप्रेशन अधिकृत तोकिएको छ । सत्य तथ्य कुरा वाहिर ल्याउनको लागि अनुसन्धान टोली गठन गरिएको सैनिक मुख्यालयले जनाएको छ । 
 
नेपाली सेनाले अझै पनि हतियारका बारेमा खुलेर कुरा गर्न चाहेको छैन । स्रोतका अनुसार सुदूरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा रहेको गरुड दल गणबाट शनिबार एक थान एसएम जी, दुई थान लोडेड म्याग्जीन, करिब दुई सय राउण्ड गोली हराएको जनाइएको छ । टोलीले अनुसन्धान गरिरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने नेपाली सेनाका सैनिक प्रवक्ता तारा बहादुर कार्कीले बताए ।
 
डोटीमा कहिले भारतीय प्रहरी हतियार लिएर प्रवेश, कहिले गोली प्रहार गरी हत्या र कहिले सेनाको गणबाटै हतियार हराउनु जस्ता खवरले जिल्लाको सुरक्षा व्यवस्था खल्बलिएको भन्दै स्थानीय चिन्तित भएका छन् । 
 
यस विषयमा राज्य संचालक र मातहतका निकायको ध्यान जान जरुरी रहेको जानकारहरु बताउँछन् । उनीहरुले यी सबै घटनाक्रमबारे यथा शक्य छानविन भई सत्य तथ्य बाहिर आउनु पर्ने समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ