arrow

अबदेखि आदिवासी जनजाती दिवस सरकारले आयोजना गर्छ –प्रधानमन्त्री

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
Aadibasi-janjati-new-prch.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षदेखि विश्व आदिवासी जनजाती दिवस कार्यक्रम नेपाल सरकारले नै आयोजना गर्ने बताएका छन् । २२औं विश्व आदिवासी जनजाती दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाती महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहाले यस्तो उद्घोष गरेका हुन् । 
 
प्रधानमन्त्री दाहालले आदिवासीहरुलाई ढाडस दिँदै भने, ‘नेपालले संयुक्त राष्ट्र संघमा हस्ताक्षर गरिसकेको छ, यो कार्यक्रम सरकारले नै आयोजना गर्नु पथ्र्यो । अर्को वर्षदेखि यो कार्यक्रम महासंघसंग समन्वय गरी सरकारले आयोजना गर्नेछ ।’
 
प्रधानमन्त्री दाहालले संविधानलाई संशोधनमार्फत् अधिकतम् स्वीकार्य बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘संविधानमा सम्पूर्ण उत्पीडित जाति, जनजातीहरुको अपनत्व महशुस गरी कार्यान्वयन गर्नेछौं । त्यसका लागि सरकारले राष्ट्रिय सहमति कायम गर्ने प्रयत्न गरिरहेको छ ।’
 
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आदिवासी जनजातीको हक अधिकारका लागि आफुहरु सधैं प्रयत्नशील रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ