arrow

नेविसंघको बन्द सत्र संसदको वैठक जस्तो सूचना निकालेरै स्थगित (विज्ञप्ती)

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेविसंघको महाधिवेशन पटक पटक सूचना टासेर स्थगित हुने संसदको वैठक जस्तो हुँदै गएको छ। संसदमा सहमति नहुँदा सूचना टासेर संसद सचिवालयले वैठक स्थगित गरेको जानकारी गराएझै नेविसंघको केन्द्रीय महाधिवेशन प्रचार समितिले पनि सूचना निकालेरै महाधिवेशनको वन्द सत्र स्थगित गरेको जानकारी गराएको हो। मंगलवार दोस्रो सूचना निकालेर नेविसंघले बुधवारसम्मका लागि वन्दसत्रका कार्यक्रम स्थगित गरेको जनाएको हो।    
 
प्रतिनिधि छनोटको विषयमा कुरा नमिल्दा मंगलबार सुरू हुने भनिएको नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्र तोकिएको समयमा सुरू हुन सकेन। मंगलबार दुई बजेसम्मको लागि सोमबार नै स्थगित गरिएको बन्दसत्र विवाद नमिलेकै कारण फेरि स्थगित हुन पुगेको छ। 
 
नेपाल विद्यार्थी संघको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोती भण्डारीले मंगलबार सुरूहुने भनिएको बन्दसत्र बुधबारसम्मको लागि स्थगित भएको जानकारी दिए। ‘बुधबार १२ बजेसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको छ।’ उनले भने ‘विवाद मिलाउने विषयमा निर्देशन समिति अझै गम्भीर रहेकोले भोलिसम्म सहमति हुनेमा हामी विश्वस्त छौं ।’उनले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयबाट यो विषयमा सूचना जारी गर्ने तयारी समेत भईरहेको जानकारी पनि दिए। 
 
सोमबारबाट सुरू हुने भनिएको बन्दसत्र पटकपटक स्थगित हुँदै अहिलेसम्म आईपुगेको हो। यो पटक समेत हिसाव गर्दा बन्दसत्रको तालिका तीन पटक स्थगित भईसकेको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ