arrow

देउवाले भने, 'मैले कसैलाई आधिकारीक उम्मेदवार तोकेको छैन'

प्रतिनिधि विवाद मिलेपछि मात्र उम्मेदवार तय

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवाले नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा आफुले कसैलाई उम्मेदवार तोकि नसकेको बताएका छन्। उनले प्रतिनिधि विबाद नमिलेसम्म आफ्ना तर्फबाट नेविसंघको अध्यक्षको उम्मेदवार तय नहुने स्पष्ट पारे। मंगलवार दिउसो देउवा निवास बुढानिलकण्ठ पुगेका उनी निकट विद्यार्थी नेताहरुसंग देउवाले नेतृत्वका लागि कसैलाई आश्वासन समेत नदिएको बताए। उनले भने, ‘मैले कसैलाई पनि आधिकारीक उम्मेदवार भनेर भनेको छैन। म प्रतिनिधिको बिवाद मिलेपछि मात्र आधिकारीक उम्मेदवार तय गर्छु।’
 
सभापति देउवाले आधिकारीक उम्मेदवार तय गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि देउवाले कसैलाई पनि आधिकारीक उम्मेदवार बनाइनसकेको बताएका हुन्। 
 
देउवा पक्षबाट नेविसंघका पूर्व महामन्त्री जीतजंग बस्नेत र पूर्व उपाध्यक्ष नैनसिंह महरबीच कसले टिकट पाउने भन्नेमा रस्साकस्सी चलिरहेको छ। साथमा सररोज थापा रत्न कार्की शुभराम बस्नेत पनि दौडमा छन्। तर देउवा पक्षीय अधिकांश नेताहरु बस्नेत र महरका नाममा विभाजीत भएपछि सभापति देउवा निर्णयमा पुग्न सकेका छैनन।  
 
उता रामचन्द्र पौडेल पक्षमा पनि नेतृत्वलाई लिएर बिवाद कायमै छ। पूर्व महामन्त्री मनोजमणी आचार्य, दीपक भट्र्टराई, आनन्द त्रिपाठी लगायत आधा दर्जनले अध्यक्षमा दावी गरेका छन्। आचार्यलाई टीमबाट अध्यक्षको उम्मेदवार बनाएर अरु प्रत्यासीलाई अन्य पदमा मिलाउने अन्तिम तयारी पौडेल पक्षले पनि गरिरहेको छ।
 
महाधिवेशनमा तेस्रो धारका रुपमा आएको कुन्दन काफ्लेले नेतृत्व गरेको समुह दुबै पक्षका लागि टाउको दुखाइ भएको छ। दुबै समुहबाट दुई दुई जना उमेद्वार हुने अवस्थामा काफ्ले समुहले सहजै जीत निकाल्ने आँकलन दुबै समुहमा भएपछि कृष्ण सिटौला निकट मानिने समुहले आफूलाई अझै निखार्दै लगेको छ। यो समुहबाट काफ्ले सहित पदाधिकारीहरुमा युवराज पाण्डे एलवी कार्की डिल्लीराम सुवेदी लगायत आकाँक्षी छन्। 
 
साउन २३ गते देखि सुरु भएको नेविसंघको महाधिवेशनमा प्रतिनिधि बिवाद नमिलेपछि सोमवारबाट सुरु हुने बन्द सत्र अझै सुरु भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ