arrow

पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
dipendra-bahadur-chettr.jpg.jpeg
काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताएका छन् । 
 
रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिएको छ भने । पुँजीबजारमा लागेको मानिस लहलहैमा लाग्ने प्रवृत्ति र मनोविज्ञानको विकासले बजारमा कहिलेकाहीँ उतारचढाव आउने बताए । 
 
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नवनियुक्त अर्थमन्त्रीले आफूलाई आज भेटेर बजार प्रवद्र्धनमा सहयोग दिने आश्वासन दिनुभएको जानकारी दिँदै नेपालमा संस्थागत लगानीकर्ता नभएकाले पुँजी बजार स्थिर नभएको बताए । 
 
ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले आफूहरुले लगानीकर्ताको भावनाअनुसार कारोबार गर्दै आएको दाबी गरे ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ