arrow

युनिलिभरका व्यवस्थापकहरू कम्पनी बन्द गरेर भारत जाँदै

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
unilever.jpg.jpeg
काठमाडौं। केही दिनदेखि मजदूर आन्दोलन चर्किएको युनिलिभर कम्पनीका व्यवस्थापकहरू हेटौंडा स्थित उद्योग बन्द गरेर भारत तिर जान लागेका छन्। मजदूर आन्दोलनको बाहानामा आफ्नो उत्पादन र प्रशासन समेत बन्द गरेर उनीहरू बोर्ड बैठकको लागि भन्दै भारततिर जान लागेका हुन्। 
 
त्यहाँका कर्मचारीले दिएको जानकारी अनुसार गत आइतबार युनिलिभरका कर्मचारी र व्यवस्थापनबीच विभिन्न बुँदामा सहमति भएको भएपनि व्यवस्थापनले उद्योग बन्द गरेर भारततिर लाग्ने भएपछि कर्मचारीहरूमा भने अन्यौलता छाएको छ। उनीहरूबीच भएको सम्झौताको पूर्ण पाठ पनि हाम्रा कुरा डटकमले प्राप्त गरेको छ।  
 
दुई वर्षसम्म अब कामदारहरूले बन्द नगर्न, कम्पनीले निलम्बन गरेका कामदारको तत्काल सरहाई गर्ने र उद्योग पनि तत्काल संचालन गर्ने लगायतका विभिन्न बुँदामा श्रम कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूलाई समेत साक्षी राखेर सहमति भएपनि व्यवस्थापकहरू भने उद्योग बन्द गरेर भारत तर्फ लाग्ने भएका हुन्।
 
कम्पनीका आधिकारिक ट्रेड युनियनका अध्यक्ष जयराम धितालले आइतबार सहमति भएबमोजि सोमबारदेखि कर्मचारी र मजदूरहरू उद्योगमा पुग्दा उद्योग बन्द रहेपछि आफूहरू त्यसै फर्किन बाध्य भएको पनि उनले जानकारी दिए। 
 
भूकम्पपीडित कर्मचारीलाई बासस्थान कोषमा रहेको पैसा प्रति कर्मचारी २ लाखको दरमा दिने भनेर यस अघि भएको सहमति कम्पनीले कार्यान्वयन नगरे पछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूबीच आइतबार तीन बुँदे सहमति भएको थियो। 
 
प्रमुख जिल्ला अधिकारी समेतको रोहवरमा आईतबार व्यवस्थापन र मजदूरबीच सहमति भएपछि मजदूरका माग एक महिना भित्र पूरा गरिसक्ने समझदारी पनि भएको थियो। यस बाहेक पनि मजदूर र व्यवस्थापनबीच व्यवस्थापनले उद्योग बन्द गर्न नपाउने, कर्मचारी र मजदूरहरूले दुई वर्षसम्म आन्दोलन गर्न नपाउने, आन्दोलनका क्रममा निलम्बनमा परेका कर्मचारीको निलम्बन फिर्ता दिने लगायतका सहमती भएको नेपाली काँग्रेस निकट ट्रेड युनियन काँग्रेस स्वतन्त्रका मकवानपुर जिल्ला अध्यक्ष कुमार पौडेलले जानकारी दिए। 
 
उनले मजदूरहरूसँग यस अगाडि भएको आवास कोषबाट भूकम्पपीडित कर्मचारीलाई प्रतिकर्मचारी दुईलाख दिने सहमती पूरा नगरेका कारण आन्दोलन गरिएको जनाए। तर, अगष्ट १० अर्थात् बुधबार कम्पनीको बोर्ड बैठक बसेपछि मात्रै उत्पादन सुरू गर्ने कम्पनीले जनाएको पनि उनले जानकारी दिए। 
 
उता, युनिलिभर कम्पनीले पनि उद्योग अझै बन्द रहेको जनाउँदै आएको छ। कम्पनीका सञ्चार विज्ञ गोविन्द शाहीले कम्पनी अझै बन्द रहेको जानकारी दिए। उनले यो विषयमा विस्तृत जानकारीको लागि कम्पनीको नियम अनुसार लिखित रूपमा प्रश्न सोध्न र बाँकी कुरा मंगलबारको दैनिक पत्रिकामा हेर्नको लागि सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ