arrow

रियो ओलम्पिकः शिरिषको राष्ट्रिय कीर्तिमान, फुपू पूरै समय खेलिन्

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
shirish.jpg.jpeg
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली खेलाडी कसैले पनि अहिलेसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । पौडीको १०० मिटर फ्रिस्टाइलमा शिरिष गुरुङले आफ्नो पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सके ।
 
 
आफ्नै नाममा रहेको ५८.२२ सेकेन्डको कीर्तिमानमा सुधार गरेका छन् । उनले ५७.७६ सेकेन्डमा निर्धारित दूरी सकाएका हुन् । तैपनि दोस्रो हिटमा रहेका शिरिष ८ जनामा आठौं भए । 
 
त्यस्तै जुडोकी खेलाडी फुपुल्हामु खत्री पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिला ६३ केजीमुनिको तौल समूहमा फुपू क्युबाकी खेलाडी मारिसेट स्पिनोजासँग ११–० को फराकिलो अन्तरले पराजित भइन् ।
 
 
तैपनि फुपू सबैभन्दा बढी समय म्याटमा टिक्ने अहिलेसम्मकै पहिलो नेपाली खेलाडी बनेकी छिन् । 
 
OLY-2016-RIO-OPENING-DELEGATION : News Photo
 
त्यस्तै मंगलबार रातिकै अर्को खेल आर्चरीमा जितबहादुर मोक्तानले दोस्रो चरणको खेलमा भारतका अतनु दाससँग बिर्सनयोग्य प्रदर्शन गरे । उनले खेल ६–० ले हारे । यसअघि ६४ खेलाडी सहभागी यो स्पर्धामा पहिलो चरणको खेलमा मोक्तान ६०औं स्थानमा आएका थिए ।
 
यसअघि आइतबार अर्की पौडी खेलाडी गौरिका सिंहले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानमासमेत सुधार गर्न सकिनन् ।
 
 
अब नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ । एथ्लेटिक्सबाट हरिप्रसाद रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोबाट निशा रावल सहभागी हुँदैछन् । 



नयाँ