नेकपा एसको भविष्य चैत २० देखिको सर्वोच्चको सुनुवाइपछि तय
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
565
Shares
तस्बिर– फाइल
काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आइतबार उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो ।
आदेशमा भनिएको छ, ‘यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरुको निरुपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८–१२–२० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै नेपालसहित १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।