arrow

कीर्तिमानी पौडीबाज फेल्प्स एक्लैका २१ स्वर्णपदक, शिशुलाई उपहार !

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
michael-felps.jpg.jpeg
रियो। ओलम्पिक खेलकुदमा सबैभन्दा बढी स्वर्णपदक जितेर कीर्तिमान रच्न सफल अमेरिकी स्वीमर माइकल फेल्प्सले स्वर्णपदक संख्यालाई २१ पुर्‍याएका छन्। ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ओलम्पिक गेम्समा फेल्प्सले २०० मिटर बटरफ्लाई र चार गुणा दुई सय मिटर बटरफ्लाई रिलेमा स्वर्णपदक जितेसंगै स्वर्णको संख्या २१ बनाएका हुन्। उनको नाममा थप ४ रजत पदक पनि छ। ३१ वर्षीय फेल्प्सले सम्भवत यो नै अन्तिम ओलम्पिक खेल्दैछन्। तर उनले अझै तीन वटा स्वर्णपदक जित्ने सम्भावना छ। 
 
उनले आफूले जितेको पदक आफ्नो भर्खरको शिशुलाई समर्पण गरेका छन्। फेल्प्सकी फियान्सीबाट सानो पुन्टे बालक जन्मिएको छ। पुन्टेसहित उनकी फियान्सी फेल्प्सको खेल हेर्न पुगेका थिए। उनले सो बच्चालाई गरेको माया अहिले विश्वभर भाइरल बनेको छ।



नयाँ