arrow

नेविसंघमा काम गर्न नेतृत्वमा पुग्न चाहेकी शोभा

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
shova.jpg.jpeg
काठमाडौं। नेविसंघको राजनितिमा लगभग एक दशकदेखि सकृय भुमिका निभाउँदै आएकी शोभा भण्डारी बैचारिक हिसाबले प्रखर, सालिन, चर्चित र भरोसा गर्न लायक व्यक्तित्व हुन। "राजनिती बुझ्नु भनेको आफ्नो अधिकार बुझ्नु हो" भन्ने मान्यताका साथ सबै विद्यार्थी र नेपाली जनताको अधिकार सुनिस्चत गराउनका लागि राजनितिमा होमिएको भण्डारीको तर्क छ। 
 
तनहुँ जिल्लाको बिकट मानिने गजरकोट गाबिसको श्रीकृष्ण माध्यामिक बिद्यालयमा कक्षा ७मा २०५५ सालमा पढ्दा पहिलो पटक ने बि संघ इकाइ अध्यक्ष भै काम गरेकी उनले एसएलसी पास गरेपछि दमौलीको परासर कलेजमा +२ सकाएर २०६२/६३ को जनआन्दोलनताका पद्मकन्या क्याम्पसमा अध्ययनरत थिइन। विएसडव्लु अध्यनरत रहेको बेला लोकतान्त्रिक आन्दोलनका क्रममा धेरै पल्ट प्रहरीको लठ्ठी र अश्रुग्यास खाँदै आन्दोलनमा होमिएकी भण्डारी खुल्ला राजनीतिमा आइसकेपछि माओवादी विद्यार्थीको आक्रमणमा पनि परेकी छन्। 
 
पार्टीभित्र आन्तरिक लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाका लागि लडिरहने नेविसंघको सिपाहिको रुपमा उनले आफूलाई चिनाउँछिन। गलत कार्यको लागि आफ्नै संगठनका नेताको विरुद्ध एक्लै पनि उभिन तयार हुने र सधै पद्धतीको बारेमा तर्क संगत ढङले बोल्न मन पराउने निडर र सत्यको पक्ष लिने आफ्नो स्वभाव रहेको उनको भनाई छ। २०६३मा नेविसंघ पद्मकन्या इकाइ सचिब र २०६५ देखि हालसम्म स्वबियु सदस्य भइ उनले काम गरिसकेकी छिन्। एमए मानवशास्त्र र राजनितीशास्त्र को दोस्रो बर्ष को नतिजाको पर्खाइमा रहेकी उनले कान्तिपुर टेलिभिजनमा प्रशारण हुने #खोजयुबानेतृत्व भन्ने रियालिटी शोमा पनि ६ महिना सम्मको प्रशारण मा उत्कृष्ट १०मा परेकी थिइन। २०७१ भदौ १ देखि २४ गते सम्मको नेपाली काँग्रेस पार्टीले बिपी को १०० औ जन्म जयन्तीको अबसर पारी आयोजना गरिएको बिपी बिचार यात्रामा सबैभन्दा कान्छी यात्रीको रुपमा पुर्ब मोरङको बिराटनगर बाट सुरु भै काठमाडौ आइपुग्दा २४ दिनसम्म उनले पनि ११ वटा जिल्ला यात्रा गरेकी थिइन। 
 
शिक्षामा सबैको पहुच, शिपमुलक शिक्षामा जोड, व्यवहारिक शिक्षा प्रणालीको स्थापना, शिक्षा क्षेत्रलाइ शान्ती क्षेत्रको घोषणा, राजनितीलाइ अनुशासित र मर्यादित बनाइ आन्तरिक र बाह्य लोकतन्त्रलाइ मजबुत बनाइ समुन्नत र समृद्ध समाज निर्माणका लागि नै आफनो उम्मेद्बारी दिएको उनको भनाई छ। ठूलो पद लिएर मात्र ठूलो काम गर्न सकिन्छ भन्नेहरुका लागि सानो पद लिएर पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने साबित गर्नलाइ आफ्नो उम्मेद्बारी केन्द्रिय सदस्यमा रहेको उनले प्रस्ट् पारेकी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ