काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माउण्टेन सम्बन्धि अध्ययन गर्ने एकेडेमी स्थापना गर्न पहल गर्ने बताएका छन् ।
सगरमाथा आरोही संघको प्रतिनिधि मण्डलसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले एकेडेमी स्थापना गर्ने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाल हिमालयको देश हो । विश्वभरका मानिसले नेपालमा आएर माउण्टेन सम्बन्धि अध्ययन गर्न पाउने छन् । जसका लागि नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु ।’
भेटमा आरोहीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आरोहण सम्बन्धि सम्भावना र जटिलताबारे जानकारी गराएका थिए । दाहालले आफ्नो कार्यकालको एक एक मिनेट पनि खेर नफाल्ने बताउँदै आएका छन् ।