arrow

डढेका सम्मानपत्र हेर्न प्रधानमन्त्री जनकवि श्रेष्ठको घरमा

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Kabiko-gharma-pm.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल एका-एक निरीक्षण गर्न भन्दै अग्निपीडित जनकवि दुर्गालाल श्रेष्ठको घर पुगेका छन् । 
 
काठमाडौंको ठमेलस्थित नर्सिङचोकमा रहेको जनकवि श्रेष्ठको घरमा आइतबार  विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको निरीक्षण गर्न दाहाल श्रेष्ठको घरमा पुगेका हुन् । 
 
वुधबार विहानै नेपालका लोकप्रिय कवि श्रेष्ठको घरमा पुगि प्रधानमन्त्रीले निरीक्षण गरे । लोडसेडिङपछि अचानक विजुली आउँदा विद्युत सर्ट भएर आगो लागेको थियो । जनकवि श्रेष्ठको भुँई तल्लाबाट सुरु भएको आगो तीन तल्लासम्म फैलिएको थियो । 
 
आगलागीबाट कवि श्रेष्ठको घरमा रहेको झोलाको गोदाम, थान्का लगायतका ६ वटा पसल जलेका थिए । कवि श्रेष्ठको तीन तल्लामा रहेका सामान र सम्मान पत्रहरु जले ।
 
समयमै आगो निभाउन दमकल, सुरक्षाकर्मी र स्थानीय जोड जम्मा भएपछि ठूलो दुर्घटना हुन पाएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ