arrow

अधिकारकर्मी ‘फतिमा गिलानी’ले आफ्नो प्रतिनिधित्व नगर्ने अफगान महिलाहरूको भनाइ

logo
एएनआई,
प्रकाशित २०७८ चैत २ बुधबार
afgan-.jpg

काबुल, अफगानिस्तान । दर्जनौं महिला प्रदर्शनकारीले सोमबार अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरू प्रतिष्ठित महिला अधिकारकर्मी बताउने फतिमा गिलानीबाट टाढा रहेको भन्दै आफ्ना अधिकार सम्बोधनका लागि माग गरेका छन् । 

फतिमा गिलानी सन् १९७९ मा सोभियत आक्रमणसँग लडेका मुजाहिदीन प्रतिरोध समूहहरू मध्ये एकका नेता, दिवंगत अहमद गिलानीकी छोरी हुन् । उनी अफगानिस्तानमा महिला अधिकारका लागि वार्ता टोलीकी सदस्य पनि हुन् । “फतिमा गिलानी हाम्रो प्रतिनिधि होइन, हाम्रो परिचय तालिबान होइन,” एक जना महिला प्रदर्शनकारीलाई स्थानीइ अमाज न्युजले उद्धृत गरी लेखेको छ । 

अगस्त १५ मा सत्ता कब्जा गरेदेखि तालिबानले महिला स्वतन्त्रतालाई कुल्चने लगायत लगभग हरेक क्षेत्रमा महिला अधिकारलाई उल्लङ्घन गरिरहेका आरोप प्रदर्शनकारी महिलाहरूले बताएका छन् । सञ्चारमाध्यमका अनुसार अधिकांश केटीहरूको माध्यमिक विद्यालयहरू बन्द छन् । हालै विश्वविद्यालयहरू पुनः खोलिएको छ, जसमा लिङ्ग छुट्टयाइने नयाँ नियमहरू छन् । 

ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले एक पत्रकार सम्मेलनमा भनेको छ, “धेरै महिलाहरू तालिवान नियमका कारण अध्ययनमा फर्कन असमर्थ छन् । केही महिलाहरूलाई तालिबानले धेरै प्रतिबन्ध लगाएपछि जागिरबाट हात धुनुपरेको छ । गत हप्ता संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानिस्तानमा महिलाहरूलाई सशक्त बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको केही दिनपछि यो विरोध प्रदर्शन भएको हो । 

उनीहरूले आफूहरू ‘निष्क्रिय मानव’ नभएको र आफ्नो देशको भविष्यमा योगदान दिन तयार रहेको बताउँदै आएका छन् । 

अफगानिस्तानमा महिला अधिकारबारे बाचेलेटले भनिन्, “यस देशका महिलाहरूलाई अक्सर अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पीडितकोरूपमा चित्रण गरिन्छ । वास्तवमा, अफगान महिलाहरूले युद्ध, अत्यधिक गरिबी र बोल्नै नसकिने हिंसा र भेदभावको सामना गर्दै आफ्ना परिवार तथा समुदायको सुरक्षा र पालनपोषण गर्न अथक प्रयास गरिरहेका छन् ।” 

संयुक्त राष्ट्रसंघीय अधिकार प्रमुखले अफगान महिलाहरूलाई बोल्ने र निर्णायक शक्ति भएका पदबाट बहिष्कृत गरिएको बताइन् । 

बाचेलेटले भनिन्, “तिनीहरू मानिसहरूलाई देखेर दङ्ग परेका होइनन् । अफगानिस्तानका लागि शान्ति र प्रगति खोज्न बाचेलेटले अफगान महिलाहरू परिवर्तनका लागि सक्रिय कार्यकर्ता हुनुपर्छ र उनीहरूलाई शान्ति निर्माण, मानवीय र विकास प्रक्रियाको नेतृत्व गर्ने ठाउँ दिइनुपर्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ