काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।
निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ । नेकपा एसले शुरुआतदेखि नै गठबन्धन गरेरै चुनाव लड्ने बताएको छ ।