एजेन्सी । बलिउड अभिनेत्री प्राची देसाईका अनुसार- अहिले पनि पूर्व भारतीय क्रिकेटर मोहम्मद अजहरद्दीनलाई मानिसले माफ गरेका छैनन् त्यसैले उनको जिवनमा आधारित चलचित्र ‘अजहर’ बक्स अफिसमा सफल हुन सकेन ।
भारतीय क्रिकेटर अजहरद्दीनलाई सन् २००० मा म्याच फिक्सिंगको आरोप लागाइएको थियो । चलचित्र ‘अजहर’ मा इमरान हाशमी मुख्य पात्रको भुमिकामा रहेका छन् । चलचित्र पूर्व कप्तान अजहरद्दीनको जिवनीमा आधारित छ ।
प्राचीले चलचित्रमा अजहरद्दीनको पहिलो श्रीमतिको भुमिका निभाएकी थिइन् ।
म्याच फिक्सिंगको सो घटना पछि बीसीसीआईले अजहरद्दीन माथि आजीवन क्रिकेटमा संलग्न नहुन भनेको थियो । आन्द्र प्रदेशको अदालतले अजहरद्दीन बिरुद्द लगाइएको म्याच फिक्सिंगको आरोप पुष्टि नभएको फैसला सुनाएको थियो ।