एजेन्सी । एसाइटिक सिंहसँग खिचेको (सेल्फी) फोटो इन्टाग्राममा पोष्ट गरेपछि भारतीय क्रिकेटर रविन्द्र जडेजा २० हजार जरिवानामा परेका छन् ।
सिंहसँग खिचिएको सो सेल्फी जडेजाले पश्चिम गुजरातस्थित जीर राष्ट्रिय निकुन्जमा कैद गरेका थिए। क्रिकेटर जडेजाले नियम उलंघन गरेका कारण आफुहरूले प्रारम्भिक जरिवाना लाद्नु परेको निकुन्जका एक अधिकारीले बताए ।
समाचार संस्था एएफपीसँग कुरा गर्दै गुजरात वन संरक्षणका प्रमुख एपी सिंहले आफुहरूले जडेजालाई अनुसन्धानको लागि बोलाएको भए पनि जडेजा नआएको र जडेजाका ससुराले उनका जरिवाना तिरेको जनाएका छन्।
जडेजा भारतीय राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी हुन्।