arrow

पोखरीमा डुबेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
death-1618215084.jpg

बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।

भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ