arrow

नेविसंघको बन्द सत्र विहीबार दिउँसो २ बजेबाट, ५ सदस्यीय निर्वाचन समिति गठन

प्रतिनिधिको नामावली अझै सार्वजनिक हुन सकेन

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Press-meet-congres-NSU.jpg.jpeg
काठमाडौं । महाधिवेशन प्रतिनिधि छनोटको विषयको विवादले समयमै सुरू हुन नसकेको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्द सत्र विहीबार दिउँसो २ बजेदेखि सुरू हुने भएको छ । अनसनरत पक्ष र अर्काे पक्षबीच सहमति भएसँगै तीन पटकसम्म स्थगित हुन पुगेको बन्द सत्र विहीबारको लागि तय भएको नेविसंघ महाधिवेशन प्रचार प्रसार समितिका संयोजक मोति भण्डारीले जानकारी दिए । बन्दसत्र नेका पार्टी कार्यालय सानेपामा गर्न सुझाव दिइएपनि सबैको सहजताका लागि भृकुटीमण्डपमा नै हुने भएको छ। 
 
त्यस्तैगरी, विहीबार विहान ९ बजे प्रतिनिधिहरूलाई प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम समेत रहेको भण्डारीले जानकारी दिए । यद्यपि अहिलेसम्म पनि प्रतिनिधिको नामावली सार्वजनिक हुन सकिरहेको छैन । यो विषयलाई रातभरीमा टुङ्गो लगाउने तयारी भइरहेको नेविसंघ नेताहरूले जनाएका छन् । 
 
त्यस्तैगरी, नेविसंघको महाधिवेृशनमा निर्वाचनको लागि ५ सदस्यीय निर्वाचन समिति समेत गठन भइसकेको छ । विहीबार टेमोक्र्याटिक लयर्स एशोसिएशनका अध्यक्ष भरत खरेलकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको हो । गठन भए लगत्तै सो समितिको बैठक बसेको छ । समिति बैठकले २९ गते निर्वाचन गर्ने माेटामाेटी सहमति गरेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ