arrow

यस्तो बन्यो काठमाडौंको वायु प्रदूषण नाप्ने यन्त्र, साउन अन्तिमसम्म सञ्चालनमा आउने

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ साउन २६ बुधबार
wayu-pd.jpg.jpeg
काठमाडौं । वायू प्रदूषण दर कति खतरनाक विन्दुसम्म पुग्यो भन्ने थाहा पाइएन भनेर तपाईँ चिन्तित हुनुहुन्छ ? यदी त्यसो हो भने अब चिन्ता नगर्नुस् । 
 
काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा कति छ भनेर थाहा पाउन अब गाह्रो छैन । वातावरण विभागले इसिमोडसँगको सहकार्यमा काठमाडौं उपत्यका र काभ्रेको धुलिखेलमा गरी ३ ठाउँमा  वायू प्रदूषण मापनको लागि नयाँ प्रविधि जडान गर्ने भएको छ । 
 
वातावरण विभागले यसको प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले सम्भवतः साउनको अन्तिमसम्ममा नै यो प्रविधि प्रयोगमा आइसक्ने जानकारी दिएको छ । विभागका सूचना अधिकारी सिडिके शंकर पौडेलले यो प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले सम्भवतः साउन अन्तिमसम्म यसको सफ्टवेयर प्रक्रिया पनि पूरा हुने बताए । 
 
वायू गुणस्तर मापन केन्द्र नाम दिइएको यो प्रविधिलाई अहिले पहिलो चरणमा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा, ललितपुरको पुल्चोक क्याम्पसमा र धुलिखेलमा यसको कन्टेनर राख्ने तयारी भइरहेको छ । 
 
रत्नपार्कमा अहिले कन्टेनर राखिसकिएको छ भने अब यसमा सफ्टवेर जडान गर्ने काम पनि भइरहेको पौडेलले जानकारी दिए । 
 
ललितपुरको पुल्चोक क्याम्पसमा भने जमिन नसुकेसम्म क्रेनले कन्टेनर घरमाथि लैजान नसक्ने भएकोले पनि अहिलेसम्म पुल्चोक क्याम्पस प्राङ्गणमा राखिएको समेत पौडेलले जानकारी दिए । झण्डै ३ टन तौल रहने कन्टेनर इसिमोडले सहयोग गरेको हो भने त्यस भित्र लाग्ने सबै सामग्रीहरूको व्यवस्थापन नेपाल सरकार आफैंले गरेको छ । 
 
यस्तो प्रविधिले सेकेण्ड सेकेण्डमा काठमाडौं उपत्यकाको वायू प्रदूषणको रेकर्ड कैद गर्ने भएपनि विभागले निश्चित समयमा मात्रै उक्त रेकर्ड देखिने प्रबन्ध मिलाउने छ । यसले वायू प्रदूषणको मात्रा सार्वजनिक गरेपछि यसैको आधारमा मानिसको स्वास्थ्यस्थितीको विषयमा पनि विश्लेषण गर्न सकिने विभागको भनाई छ ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ