काठमाडौं। राजधानीको भृकुटीमण्डप यतिबेला नेपाल विद्यार्थी संघको चुनावी माहोलले तातेको छ। देशभरबाट आएका प्रतिनिधिहरु आफ्ना पक्षका नेताको माहोल बनाउन लागिरहेका छन्। अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री जस्ता महत्वपुर्ण पदका लागि दर्जनौ अनुहार मैदानमा छन्। यसै मध्येका एक पद सह–महामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन बामदेव अधिकारीले।
शिक्षा क्षेत्रमाथीका बेथितिको विरोधमा अग्रमोर्चामा सालिन शैलीका बामदेब जहिल्यै अगाडी आउने नाम हो। तर पदका लागि उनी कहिल्यै अघि सरेनन्। यतिबेला उनी देशभरका साथीहरुको आग्रह बमोजिम आफुले सह–महामन्त्रीका लागि उमेदवारी घोषणा गरेको बताउँछन्। राजधानीको बाल्मिकि क्याम्पसलाई नेविसंघको अखडा क्याम्पसको रुपमा चिनाएका यी भद्र अनुहारले यतिबेला नेविसंघको सहमहामन्त्रीमा देशभरका विद्यार्थी प्रतिनिधीसँग मत माग्दै छन्।
धादिङ्ग स्थायी घर भएका अधिकारीको विद्यार्थी राजनीति धादिङ्गबाट सुरु भएको हो। दश वर्ष धादिङ्गमा नेविसंघ जिल्ला कार्य समिति सदस्य रहेर काम गरेका उनले यसबिच धादिङ्ग काठमाडौं सम्पर्क समिति अध्यक्षको जिम्मेवारी, यस्तै वाल्मिकि क्याम्पसको इकाइ अध्यक्ष हुँदै नेपाल संस्कृत विश्वविद्यालयको अध्यक्षमा समेत रहेर जिम्मेवारी सम्हालिसकेका छन्। अब सबै साथीहरुको मतको अपेक्षा सहित नेपाल विद्यार्थी संघको सह–महामन्त्रीको उमेदवारको रुपमा आफुलाई उभ्याएको उनले बताए।
विद्यार्थी आन्दोलनका विगतका गतिविधि जस्ता थिए वर्तमानमा त्यस्तो हुन सकेको छैन। हाम्रो संगठन हिजोका दिनमा भन्दा कमजोर हुदैछ। स्ववियु तर्फ हेर्ने हो भने पनि विगत जस्तो छैन। अनुशासनको सन्दर्भ उत्तिकै कमजोर छ। संगठन सुदृढिकरणको सवाल त्यस्तै छ। नेपाल विद्यार्थी संघलाई बलियो बनाउन यी यावत विषय सँग आफ्नो उमेदवारी गाँसिएको उनको भनाइ छ।