arrow

लेटाङ घटनाको प्रदेश प्रहरीले छानविन गर्ने

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ चैत ७ सोमबार
276066064_501785697993535_174403874118091126_n.jpg

विराटनगर । एक प्रहरी महिलाको ज्यान लिएको मोरङको लेटाङमा भएको घटनाको छानविन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुण बीसीले घटनाको छानविन हुने बताएका हुन् ।

‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी केही न केही छानविन गर्छौं,’ बीसीले भने । बीसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।

आइतबार दिउँसो भएको उक्त घटनामा परी एक प्रहरी महिलाको मृत्यु हुनुका साथै दुई दर्जन प्रहरी घाइते भएका थिए । त्यस्तै आधादर्जन सर्वसाधारण घाइते भएका थिए । धेरैजसो निको भएर घर फर्किसकेका छन् । 

सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । खोटाङकी मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिएन् । यति ठूलो घटना भएसँर्गै प्रहरीले घटनाको गम्भीर छानविन गर्ने डीआईजी बीसीले बताएका हुन् । 

मोरङको लेटाङमा कर्फ्यू, बालिका बलात्कार प्रकरणमा झडप हुँदा प्रहरी महिलाको मृत्यु, अढाइ दर्जन घाइते



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ