- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थानको ११ औं ग्राजुुयट कन्फरेन्स पोखरामा सम्पन्न भएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालय पुल्चोक तथा पश्चिमाञ्चल क्याम्पस पोखराद्धारा संयुक्तरुपमा कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा संस्थान अन्तर्गत स्नातक तथा स्नात्तकोत्तर तथा पिएचडी तहमा अध्ययनरत विद्यार्थीले अन्तिम वर्षको अनुसन्धानात्मक सोधपत्र तथा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले देशको अग्रविकासमा शिक्षाको महत्व अत्यन्तै रहेको बताए । उनले गण्डकी प्रदेशको समग्र विकासको प्रारुप तथा अवधारणा प्रस्तुत गर्दै सोको कार्यान्वयनका लागि प्राविधिक पक्ष तथा सरकारी संयन्त्रले आपसमा समन्वय गरी अघि बढनुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. विनायक प्रसाद भद्राले नविकरणीय र हरित उर्जाको विस्तार तथा प्रयोजनद्धारा वातावरणीय संरक्षण र दिगो आर्थिक विकासमा पुुर्याउन सकिने बताए ।
कार्यक्रममा पेश भएका अनुुसन्धानात्मक लेख तथा सोधपत्रहरुमध्ये ३८ वटा कार्यपत्रहरु छनोट भएको र ति सोधपत्रहरु बन्द कलस्टरमा प्रस्तुत भई विषय विज्ञहरुद्धारा सुपरीवेक्षण तथा विश्लेषण गरिएको थियो ।
पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले कन्फरेन्समा प्रस्तुत कार्यपत्र र सोधपत्रहरुले देशको बहुपक्षीय प्राविधिक उन्नयन र अध्ययन अनुसन्धानका लागि विशिष्ठ योगदान पुर्याउन सक्ने दावी गरे ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुुषालले इन्जिनियरिङ्ग अध्ययन संस्थानद्धारा आयोजित कन्फरेन्स तथा नवप्रर्वद्धदनात्मक कार्यक्रमहरुमार्फत देशको प्राविधिक तथा सर्वतोमुखी विकासमा महत्वपूूर्ण योगदान पुर्याउन सकिने बताए ।
कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीनहरु प्रा.डा. सुशील बहादुर बज्राचार्य र प्रा.डा. चिन्तमणि पोखरेल तथा आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरु, पश्चिमाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु विभागीय प्रमुखहरु, स्नातकोत्तर तहका कार्यक्रम संयोजकहरु, शाखा प्रमुखहरु तथा स्नातक स्नातकोत्तर तहका विद्यार्थीहरु सहभागी थिए ।
कन्फरेन्सको उद्घाटनसत्रमा नर्वेजियन विश्वविद्यालय (एनटिएनयु) का प्रा.डा. पिटर गारिस्टले कार्यपत्र प्रस्तुत गर्दै सुन्दर भविष्य सुनिश्चित गर्ने नीतिगत योजनाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीकातर्फबाट पश्चिमाञ्चल क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी मनिषा बराल र अमेरिकी अनुसन्धानकर्ता जोन फ्रिवर्गले कन्फरेन्सद्धारा प्राप्त नवप्रर्वद्धनात्मक ज्ञानलाई वैज्ञानिक प्रयोग तथा प्रकाशनद्धारा व्यवहारमा परिणत गरिनुपर्नेमा जोड दिएका थिए ।
पश्चिमाञ्चल क्याम्पसका सूचना अधिकारी खेमबहादुर पुलामीले कन्फरेन्सद्धारा अनुमोदित परियोजनामार्फत वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल हुने बताए ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशिधरराम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक प्रा.डा. संगीता सिंह, पश्चिमाञ्चल क्याम्पसका सहप्राध्यापक तथा अन्तरिक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक डा.कृष्णप्रसाद भण्डारीले पनि बोलेका थिए ।