arrow

नेविसंघमा रुकुमबाट के.सी भिड्दै

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Tarak-KC.jpg.jpeg
लोकेन्द्र खनाल। रुकुम । लामो समयदेखी स्थगित हुँदै आएर साउन २३ देखि काठमाडौंमा भइरहेको नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी सँघको ११ औं महाधिवेशनमा प्रदेश नं ६ बाट केन्द्रिय सदस्यको दौडमा विद्यार्थी नेता तारकप्रतिभा के.सी. लागेका छन्। विगत एक दशकदेखि विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनमा संलग्न के.सीले शिक्षाबाट बञ्चित भएका सबै विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्‍याउन र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेद्धारी रहेको दावि गरेका छन्। विगतको तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धको क्रममा निकै यातना र पिडा पाएका के.सी. सानैदेखी अध्ययनशिल र विचार राख्न सक्ने क्षमताका छन्। उनी लेखन र भाषणकलामा अब्बल मानिन्छन्।
 
रुकुमको बाँफिकोट गाविसमा जन्मीएका केसी सानैदेखी कसैले दमन, अन्याय गरेमा त्यसको विरुद्धमा आवाज उठाउँदै आएका छन्। स्कुल जीबनदेखी नै विस्थापित भएर सदरमुकाम बस्ने क्रममा उनले माओवादीबाट धेरै समय भौतिक यातना र गिरप्तारीबाट पिडित बनेका थिए। पार्टीमा वर्तमान संस्थापन पार्टी सभापति देउबा समुह नजिक रहेका उनीलाई नेविसंघका सवै समुहका नेताहरुले मन पराउछन्। यसका साथै काँग्रेस रुकुमका सबै नेताहरुको प्यारो रहेका केसी काँग्रेस रुकुमका छैटौं जिल्ला अधिवेशनमा जिल्ला सदस्यको उम्मेद्धारी दिने भनिएपनि अन्तिम चरणमा आएर फिर्ता लिएका थिए। नेविसंघको साधारण सदस्य, इकाई समिति अध्यक्ष, जिल्ला कार्य समिति सदस्य, सह सचिव, सचिव समेत भएर जिल्लामा विभिन्न रचनात्मक र सिर्जनात्मक गतिविधिहरु सञ्चालन गरेका कारण जिल्लामा रहेका अन्य विद्यार्थी संघ संगठन र पार्टीहरुमाझ समेत लोकप्रिय मानिन्छन्। 
 
रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता आम सञ्चारमा स्नातक र ग्रामिण विकासमा स्नातकोत्तर अध्ययनरत केसी विपी कोईरालाको जीबनी र प्रजातान्त्रिक समाजवादी राजनैतिक दर्शन र शसस्त्र द्धन्दकालमा माओवादीले दिएको पिडा र यातनाबाट प्रभावित भएर विद्यार्थी राजनीतिमा लागेको उनको भनाई छ। विविध साहित्यक लेखन तथा पत्रकारिता लेखनमा समेत एक दशकाको अनुभव संगालेका उनी विद्यार्थी राजनिति र नेविसंघ, माओवादी शसस्त्र द्धन्द र हाम्रो भोगाई नामक पुस्तक प्रकाशोन्मुख रहेका छन भने मुलधारका विभिन्न दैनिक, साप्ताहिक र पाक्षिक पत्रपत्रिकाहरुमा विविध सन्दर्भका लेख रचनाहरु प्रकाशित हुँदै आएका छन्। के.सीले आफुलाई यस पटक प्रदेश नं. ६ बाट आफलाई केन्द्रिय सदस्यमा निर्वाचित गराउनको लागि सहयोग गरिदिन अनुरोध गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ