arrow

ओलीलाई शर्माको सुझाव- भाषण गर्न भन्दा भत्केको घर सम्हाल्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
bishwa-prakash2.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भत्किएको घर सम्हाल्न सुझाव दिएका छन् । महामन्त्री शर्माले अध्यक्ष ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाव दिएका हुन् ।

उनले भने, “पहिला उहाँले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ ।” अघिल्लो पटकको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्दा सबै कम्युनिष्ट एक भएको स्मरण गर्दै उनले भने “पहिला उहाँसंग भएका प्रचण्ड, माधव नेपाल, झलनाथ बामदेव कहाँ छन् । वास्तविक धरातल यही हो ।” आगामी निर्वाचनमा कांग्रेस देशको ठुलो र बहुमतको पार्टी बन्ने उनको दाबी गरे । 

महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए । 

जनादेशको अपमान गर्दै एमालेले संसद् भङ्ग गरेको उनले बताए । उनले भने, “सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कसले गरेको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ