arrow

जीतको रणनीतिका साथ कुन्दन चुनावी मैदानमा

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
kundan-kafle-samuh.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको निर्वाचनको मिति तय भएसँगै निर्वाचनमा अध्यक्षको आकांक्षा देखाएका कुन्दन काफ्ले थप शसक्त र नयाँ रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन्। 
 
महाधिवेशन प्रतिनीधीको विवाद मिलाउने सहमतिपछि आफूलाई अझ सवल उम्मेदवारको रूपमा पाएको महशुस गरेका काफ्ले नयाँ शैली अपनाएर चुनाबी मैदानमा उत्रिरहेका छन्। पार्टी नेता कृष्ण प्रसाद सिटौला समूहबाट पूर्ण रुपमा समर्थन पाएका कुन्दन काफ्ले अन्य समुहका कतिपय आकाँक्षीहरुको समेत समर्थन लिएर मैदानमा उत्रने तयारीमा छन्। विद्यार्थी राजनीतिमा प्रभावशाली भुमिका भएका पार्टीका नेताहरु गगन थापा र प्रदिप पौडेलको समर्थन लिएका काफ्लेलाई अरु उमेद्वारलाई भन्दा केहि तुलनात्मक लाभ पनि छ। अन्य समुहमा धेरै उमेद्वार रहेको र आफ्नो समुहमा आफू एकमात्रै उम्मेदवारको रूपमा रहँदा त्यही अनुसारको आक्रामक चुनावी प्रचारमा लागेका छन् कुन्दन। 
 
कुन्दन काफ्लेले आफ्नो चुनावी अभियानलाई तीव्र रूपमा अगाडी बढाएका छन्। सिटौला पक्षबाट आधिकारिक उम्मेदवारको रूपमा रहेका उनी मतदाताहरूसँग छुट्टाछुट्टै भेटघाटको क्रममा रहेको बताउँछन्। बिहिवार दिउँसो १ बजे पद्मकन्या क्याम्पसमा उनले प्रतिनिधीहरुलाई चियापान कार्यक्रमको आयोजना पनि गरेका छन्।
 
विधिवत महाधिवेशनको माग गरि विभिन्न किसिमका आन्दोलनमा सहभागी हुँदै गर्दा खासै प्रचारप्रसारमा उत्रिन नपाएको बताउने काफ्ले आन्दोलनमा जीत हाँसिल गरेपछि अब मतदाताको मन जित्न मैदानमा जाने तर्खरमा लागेको बताउँछन्। विद्यार्थीहरूमा लोकप्रिय रहेकोले पनि उनी थोरै प्रचारप्रसारबाट पनि धेरै प्रसिद्धी कमाउन सफल रहेका छन्। सम्भवत २९ गते हुने नेविसंघको चुनावमा उनको परिक्षण हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ