रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा कायमै छ । पहिलो दिनदेखि अमेरिका र चीनबीच पदकमा प्रतिस्पर्धा भइरहेको छ ।
१० स्वर्ण पदकसहित ३० पदक बटुलेको अमेरिका शिर्ष स्थानमा रहँदा १० स्वर्णसहित २३ पदक जितेको चीन दोस्रो स्थानमा छ ।
६ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा छ भने ५ स्वर्णपदक जितेको हंगेरी चौथो तथा ४ स्वर्णपदक जितेको रुस पाँचौं स्थानमा छ ।
त्यस्तै ४ स्वर्णबाटै दक्षिण कोरिया छैटौं तथा अष्ट्रेलिया सातौं स्थानमा छ ।
रियो ओलम्पिकमा सहभागी २०६ राष्ट्रमध्ये हालसम्म ५१ राष्ट्रले पदक जितेका छन् ।