arrow

तीन हजारलाई अपाङ्गता परिचयपत्र

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
disabled.jpg.png
पाल्पा । पाल्पा जिल्लामा तीन हजार ९०२ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् । महिला तथा बालबालिका कार्यालय पाल्पाले जिल्लामा आव २०७२÷७३ सम्म तीन हजार ९०२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । 
 
अपाङ्गता भएका व्यक्तिले भत्ता पाउने भएपछि अपाङ्गता परिचयपत्रका लागि निवेदन दिनेहरु बर्सेनि बढेका छन् । 
 
जिल्लामा अपाङ्गता परिचयपत्र पाऊँ भनी निवेदन बर्सेनि बढेसँगै सामाजिक सुरक्षा भत्तासमेत बढेको छ । अघिल्लो आव २०७२÷७३ मा पूर्ण अशक्त २९४, अतिअशक्त ९५६, मध्यम एक हजार ३५९ र सामान्य एक हजार २९३ जना रहेको महिला विकास अधिकृत तुल्सा अर्यालले बताइन् ।  
 
अपाङ्गता भएका व्यक्तिलाई सरकारले रातो, निलो, पहेंलो र सेतो कार्ड वितरण गरी अपाङ्गताको वर्गीकरण गरेको छ । पूर्ण अशक्तले रातो कार्ड पाउने र उसले मासिक रु एक हजार भत्ता पाउने प्रमुख अर्यालले बताइन् । यस्तै, अति अशक्तले निलो कार्ड पाउने र मासिक रु ३०० भत्ता पाउने छन् । 
 
पहेँलो र सेतो कार्ड प्राप्त गर्नेले भत्ता नपाउने तर सरकारी सेवामा आरक्षण सुविधा प्राप्त गर्नेछन् । ग्रामीण क्षेत्रमा अपाङ्गता परिचयपत्रसम्बन्धी सचेतना सञ्चालन गरेपछि यहाँका अपाङ्गता भएकाहरुले परिचयपत्रका लागि आवेदन दिँदै आएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ