स्याङ्जा। नेपाली काँग्रेस स्याङ्जाले एक अग्रज नेता गुमाएको स्मरण गरेको छ। अन्याय र अत्याचारको खिलापमा लड्दै आएका वालिङ नगरपालिका—३ निवासी दोन्दप्रसाद सुवेदीलाई स्याङ्जा काँग्रेसले ८२ बर्षको उमेरमा गुमाएको हो। सुवेदीको निधनमा नेपाली काँग्रेस वालिङ नगरपालिका वडा नं. ३ ले शोकसभा समेत सम्पन्न गरेको छ।
काँग्रेसलाई सधै सवल र सक्षम बनाउने भुमिकामात्रै खेलेका सुवेदी कहिल्यै नेतृत्व तहमा जाने प्रयास नगरेको शोकसभामा वोल्ने बक्ताहरुले बताएका थिए। विपि कोइरालाबाट पाटीको क्रियाशिल सदस्यता लिएका सुवेदीले प्रजातन्त्र प्राप्तीका लागि ठुलो योगदान दिएको काँग्रेसले जनाएको छ।
शोकसभामा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्यालले सुवेदीको निधनले स्याङ्जा काँग्रेसले अग्रज अभिभावक गुमाएको बताए। काँग्रेसलाई सुवेदीको निधनले ठुलो क्षती भएको स्मरण गर्दै महासमिति सदस्य अर्यालले त्याग र निष्ठाको राजनीतिमा सधै अडिग रहेको बताए।
काँग्रेस बलियो भयो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्ने सुझाव सधै सुवेदीले नेतृत्वलाई दिने गरेको अर्यालले बताए। नेपाली काँग्रेसमा लामो समय सगै काम गर्दै आएका वालिङ नगरपालिकाका पुर्व मेयर समेत रहेका अर्यालले सुवेदीले दिएका सुझावहरुलाई काँग्रेसले अनुसरण गर्नुपर्ने बताए।
वालिङ नगरपालिकामा निर्माण गरिएको विपिको शालिक बनाउदा सुवेदीले पुर्याएको सहयोगको स्मरण गर्दै अर्यालले भाषणबाट मात्रै सम्झनु निरर्थक हुने बताए।
नेपाली काँग्रेसका पुर्व कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदी, वालिङ नगर सभापति दिलिपप्रताप खाँण, नगर सचिव भुपराज वगाले लगायतका बक्ताहरुले सुवेदीको निधनले सच्चा काँग्रेसी अभिभावक गुमाएको बताएका थिए। सुवेदीको निधनले वालिङ नगरपालिका मात्रै नभएर स्याङ्जा काग्रेसलाई ठुलो क्षती पुगेको बक्ताहरुको भनाई थियो। २००७ साल देखि निरन्तर काँग्रेस पाटीबाट क्रियाशिल सुवेदीले धेरै आन्दोलनको नेतृत्व समेत गरेका थिए। घाटीमा क्यान्सर रोग लागेका सुवेदीको काठमाण्डौंमा उपचारका क्रममा साउन १८ गते निधन भएको थियो। सुवेदीका ३ छोरा, ४ छोरी र एक श्रीमति रहेका छन्।
शोकसभामा सुवेदीका जेठा छोरा वालकृष्ण सुवेदीले बुवाले काँग्रेस र समाजमा पुर्याएको योगदानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए। शोकसभामा सुवेदीका जेठा छोराले आफ्ना बुवाको वारेमा वोल्दै गर्दा सहभागि काँग्रेसका आखाँ रसाएका थिए। मिठो वोली, मिजासिलो व्यवहार र त्याग नै सुवेदीको सवल पक्ष रहेकाले पनि सुवेदीको निधनले नेपाली काँग्रेस वडा नं. ३ शोकमा डुवेको वडा सभापति कमलप्रसाद सुवेदीले बताए।