arrow

पोखराका विशाल नेविसंघमा केन्द्रीय सदस्यका उमेद्वार

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
bishal-baral.jpg.jpeg
काठमाडौं। नेविसंघको ११ राष्ट्रिय महाधिवेशन आईबारदेखि सुरु भएको छ। नौ वर्षसम्म आयोजना हुन नसकेको महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो। मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ। 
  
नेपाली काँग्रेस र नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी नेता र कार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन्। महाधिवेशनमा मुलुकभरका करिब तीन हजार ४०० प्रतिनिधि सहभागी भएका छन्।
 
अध्यक्ष सहित अन्य पदहरुमा विभिन्न नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्। २०५६ सालदेखि राजनीतिमा सक्रिय बन्दै आएका पोखरा घर भएका विशाल बराल पनि केन्द्रीय सदस्यको आकाँक्षी छन्। विद्यालय पढ्दा स्कुलको इकाई सभापति देखि जिल्ला सदस्य, सचिव, प्रवक्ता हुँदै लामो संघर्षका साथ अगाडि बढ्दै आईरहेका बराल विधार्थी हकहितका लागि सधै अघि बढ्ने उद्देश्यका साथ राजनीतिमा पाइला चालेका बताउँछन। विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका बरालले नौ महिनासम्म अस्पतालमा कष्टकर जीवन विताएका थिए।
 
नेविसंघलाई विधि र विधान अनुसार सञ्चालन गराउने र नेविसंघमा भएका विकृति हटाउने उद्देश्यले आफु नेविसंघमा लागेको उनले बताए। नेविसंघ र बिधार्थीको नाममा राजनीतिको खोल ओढेर हिडेकाहरुको र गलत प्रवृत्तिहरुको विरोध गर्ने उद्देश्य राख्दै उनले नेविसंघको केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए। केन्द्रीय सदस्यमा उनले आफ्नो प्रचारप्रसार समेत तीव्र पारेका छन्। 
 
नेविसंघमा लगनशील कर्मठ तथा जुझारु नेतृत्वदायी क्षमता राख्ने बिद्यार्थी नेताको छवि बनाउन र लोकतन्त्रवादी विद्यार्थीहरुका लागि चिरपरिचित बरालले निर्वाचित केन्द्रीय नेतृत्वसँग समन्य गर्दै विद्यार्थी हकहितका लागि काम गर्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ