एजेन्सी । भारतका चर्चीत कमेडियन कपिल शर्माले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँग विवाह गरेका छन् । विवाहको अवसर 'द कपिल शर्मा शो' ले जुराएको हो । शोमा ज्याकलिन टाइगर श्राफसँग आफ्नो आगामि चलचित्र 'अ फ्लाइंग जट' को प्रमोशनको लागि पुगेकी थिइन् ।
कार्यक्रमको क्रममा चलचित्र र शो दुवैका युनिटले खुब रमाइलो गरेका छन् । कपिल र ज्याकलिनको नाटकिय विवाह पनि यसै मज्जाको एक हिस्सा हो ।
कपिल शोमा टाइगर र ज्याकलिन लगायत , चलचित्र 'अ फ्लाइंग जट' का डाइरेक्टर रेमो डिसूजा श्रीमति लिजेल डिसूजासँग पुगेका थिए ।उनिहरु शोमा रिक्शामा सवार देखिए ।
सुटिङगको क्रममा डा. मशहूर गुलाटी (सुनील ग्रोवर)ले आफ्नो हास्य प्रतिभाले सबैलाई हसाए । त्यस्तै, नवजोत सिंह सिद्धूको नृत्यले सबैलाई नचाएको थियो ।